Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्थानीय राजधानीमा सर्न आनाकानी गर्दै लुम्बिनी सरकार


स्थानीय राजधानीमा सर्न आनाकानी गर्दै लुम्बिनी सरकार

दाङ। लुम्बिनी प्रदेशको स्थानीय राजधानी दाङको भालुवाङ क्षेत्र (राप्ती उपत्यका)लाई बनाउने निर्णय भएको १३ महिना पुगेको छ । प्रदेश सरकार स्थापना भएको तीन वर्षपछि मात्र प्रदेशसभाले स्थानीय राजधानीको टुंगो लगाएको थियो ।

गत वर्ष २० असोजमा प्रदेशको स्थानीय राजधानी दाङको राप्ती उपत्यका क्षेत्रमा बनाउने निर्णय पारित भएको थियो । एक वर्षभित्रमा स्थायी राजधानीबाट प्रदेशको कार्यसम्पादन हुने जानकारीसमेत गराइएको थियो । तर, प्रदेश सरकारले अहिलेसम्म राप्ती उपत्यकाबाट काम गर्न सकेको छैन । अस्थायी राजधानी तोकिएको क्षेत्र बुटवललाई मुकाम बनाएर प्रदेशको काम हुँदै आएको छ ।

राजधानी व्यवस्थतापनका लागि राप्ती प्राविधिक शिक्षालयका भौतिक संरचना प्रयोग गर्ने र तत्काल राजधानीको काम गर्ने निर्णयसमेत भएको एक वर्ष भइसकेको छ । तर पनि बुटवलबाट राप्ती क्षेत्रमा राजधानी सार्न भने आनाकानी हुँदै आएको छ ।

केही महिनाअघि लालमटियामा स्थापना भएको पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयमा समेत कर्मचारीहरू बस्न मानिरहेका छैनन् । मन्त्रालयको बोर्ड लालमटियामा भए पनि मन्त्रालयको सम्पूर्ण काम भने बुटवलबाट नै हुँदै आएको छ ।

यसको मुख्य कारण कर्मचारीहरूको असहयोग र बुटवल छाड्न नमान्नु देखिएको छ । प्रदेश पूर्वाधार विकास कार्यालय पनि अहिले आधा रूपमा लालमटियामा संचालन छ । केही दिनअघि मात्र मुख्यमन्त्री तथा प्रदेशमन्त्री परिषद्को सम्पर्क कार्यालय पनि लालमटियामा खोलिएको छ तर कार्यान्वयनमा भने शंका नै देखिन्छ ।

पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय स्थापना भएको क्षेत्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय स्थापना गरिएको हो । सम्पर्क कार्यालयमा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार र जनसम्पर्क सल्लाहकार नियमित बस्ने, हरेक साताको शुक्रबार मुख्यमन्त्री कुलप्रसाद केसी आउने योजना सार्वजनिक भएको छ ।

मुख्यमन्त्री केसीले पनि तत्कालको अवस्थामा आफू एक दिन लालमटियाको मन्त्रालयमा आउने र अरू दिन सल्लाहकारसहितको टोली रहने बताए । उनले पूर्वाधार निर्माणको काममा ढिला सुस्ती भइरहेको हुँदा प्रदेश संरचना लालमटियामा सर्न केही ढिलो भएको बताए ।

‘यहाँ (राजधानी क्षेत्रमा) मेरा राजनीतिक सल्लाहकार र जनसम्पर्क सल्लाहकार नियमित बस्नुहुन्छ’, उनले भने, ‘म हरेक शुक्रबार आउनेछु ।’ मुख्यमन्त्री केसीले राजधानी कार्यान्वयनलाई गति दिन चाहेको भन्दै तिहारलगत्तै अन्य मन्त्रालयहरू आउने क्रममा रहेको बताए ।

पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय यहाँ छ तर मन्त्रालयको कामकाज बुटवल मुकामबाट संचालन गरिँदा यहाँ मन्त्रालय सुनसान जस्तै छ ।

अब मन्त्रालयमा नियमित कामकाजलाई अघि बढाइने र लालमटिया केन्द्रित बनाइने पर्यटन, ग्रामीण तथा शहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले बताए । ‘अब नियमित रूपमा मन्त्रालयको काम लालमटिया क्षेत्रबाट गर्ने तयारीमा छौँ’, मन्त्री चौधरीले भने, ‘मुख्यमन्त्री कार्यालय र प्रदेशसभा यहाँबाट नै संचालन गराउन केन्द्रित छौँ । मन्त्रालय सर्नलाई समस्या छैन ।’
 
तिहारपछि आर्थिक मामिला तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्थापना गर्ने तयारी सरकारले गरेको छ । नागरिक खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

स्थानिय तहका कर्मचारीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

स्थानिय तहका कर्मचारीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गरिँदै

प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गरिँदै

जानकी मन्दिरमा राष्ट्रपति पौडेलले गरे  पूजाअर्चना

जानकी मन्दिरमा राष्ट्रपति पौडेलले गरे पूजाअर्चना

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री छ्याङ

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री छ्याङ

स्वीकृतिबिना पुरातात्विक क्षेत्र कुदानमा लुम्बिनी विकास कोषले गेट निर्माण गर्दै

नियम विपरित कुदान क्षेत्रमा लुम्विनी विकास कोषले गेट निर्माण गर्दै

भर्खरै प्रकाशित

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पाँचथरमा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु, दुई घाइते

घरको छतबाट खसेर २२ महिनाको बालकको गयाे ज्यान

उद्धार गरिएकी महिलाको मृत्यु

पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटमा सर्कुलर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज