काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सातौं महाधिवेशन माघ पहिलो साताका लागि तोकिएको छ।
नुवाकोटका ककनीमा बुधबार बसेको फोनिजको सातौं बैठकले महाधिवेशनको मिति माघ ७ र ८ गते तोकेको हो। यस्तै, जिल्ला अधिवेशन मंसिर २५ र प्रदेश अधिवेशन पुस २४ गते तोकिएको छ।
फोनिजमा गुरुङ‚ लिम्बू‚ मगर‚ नेवार‚ राई‚ शेर्पा‚ तामाङ र थारू पत्रकार संगठन आवद्ध छन्। यस्तै ४६ जिल्लामा जिल्ला समिति रहेको छ।