Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

६ महिनाभित्र कोरोना खोप लगाइसक्ने लक्ष्यमा केन्द्रित हुन प्रधानमन्त्री देउवाको निर्देशन


एमसीसी पास हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ६ महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारी लक्ष्यमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

आज (बिहीबार) बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिने प्रबन्ध गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए ।

‘आगामी ६ महिनाभित्र सरकारले सबै नागरिकलाई खोप दिने लक्ष्य राखेको छ । खोपमा कुनै कमी नहोस् । दाताहरुसँग त्यहीअनुसार मागौँ, आग्रह गरौँ । बरु आफै खरिद गरौँ । तर, सबै नागरिकलाई सकेसम्म निःशुल्क लगाउने व्यवस्था गरौँ,’ बैठकमा देउवाले निर्देशन गरेका छन् ।

प्रधानमन्त्री देउवाले समन्वय केन्द्र, स्वास्थ्य मन्त्रालय र सम्बन्धित सबै निकायलाई खोपको सुनिश्चितताका लागि निर्देशन गरेका हुन् ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) गठन गरेको थियो । तर, सो अध्यादेश निष्क्रिय भएपछि देउवा सरकारले गठन आदेशमार्फत प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र गठन गरेको थियो ।

केन्द्रको पहिलो बैठकले केन्द्रको जनशक्ति व्यवस्थापन र सङ्गठन संरचनासम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकमा हाल कोरोना संक्रमणको अवस्था, चाडबाडको बेलामा संक्रमणमा भएको घटबढ, नेपाल र अन्य देशहरुमा संक्रमणको अवस्था, जोखिमहरु र खोप आयात तथा खोप व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल जनसंख्याको ३४ प्रतिशतले कोभिडविरुद्ध खोपको पहिलो मात्रा पाएका छन् भने २२ प्रतिशतले दुवै मात्रा खोप लगाएका छन् ।

प्रधानमन्त्री देउवाले प्रधानमन्त्री भएपछि प्रतिनिधिसभा बैठकमा पहिलो सम्बोधनमै आगामी चैतभित्र खोप लगाउन योग्य सबै नेपालीलाई निःशुल्क खोप लगाउने व्यवस्था गर्ने घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भाउजूको हत्या गर्ने देवर पक्राउ

विरामी भर्ना गरी जाँच गर्ने मेडिकल सञ्चालक पक्राउ

मन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र, यी नेताको सम्भावना

आज प्रधानमन्त्री प्रचण्ड चीनकाे छेन्दु जाँदै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

कपिलबस्तुमा मनाइयो १७ औं विश्व रेविज दिवस

कपिलबस्तुमा मनाइयो १७ औं विश्व रेविज दिवस

कपिलबस्तुमा मोहम्मद जयन्ती धुम धामका साथ मनाइयो

कपिलबस्तुमा मोहम्मद जयन्ती धुम धामका साथ मनाइयो

चितवनमा जङ्गली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु

सर्लाहीमा जलाउन लागिएको युवतीको शव प्रहरीले उठायो, पतिसहित तीन जना पक्राउ

भर्खरै प्रकाशित

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

भाउजूको हत्या गर्ने देवर पक्राउ

विरामी भर्ना गरी जाँच गर्ने मेडिकल सञ्चालक पक्राउ

मन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र, यी नेताको सम्भावना

आज प्रधानमन्त्री प्रचण्ड चीनकाे छेन्दु जाँदै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज