बेनी । राष्ट्रपति बिद्यादेवी भण्डारी मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दीरमा पूजा र दर्शन गर्न जोमसोम पुगेकी छन् ।
राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टर मार्फत जोमसोम पुगेकी हुन् । भण्डारी सवार हेलिकोप्टर बिहान ८ बजे नेपाली सेनाको ब्यारेकमा ल्याण्ड भएको हो ।
हिन्दु तथा बौद्धमार्गीहरुको पबित्र तीर्थको रुपमा लिइने मुक्तिनाथ मन्दीरमा राष्ट्रपति भण्डारीले पूजा गरेकी छन् ।