Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भावुक हुँदै डान्सर सुशान्त खत्रीले भने, ‘प्रहरीले बिना कारण थप्पड हान्यो’


भावुक हुँदै डान्सर सुशान्त खत्रीले भने, ‘प्रहरीले बिना कारण थप्पड हान्यो’

डान्सर सुशान्त खत्रीले आफूलाई प्रहरीले कुनै कसुरविना नै नियन्त्रणमा लिएर झापड हानेको बताएका छन् । सामाजिक संजाल फेसबुकमा लाइभमा आउँदै उनले प्रहरीबाट आफूलाई झापड हानिएको भन्दै उनले प्रहरीलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको बताएका छन् ।

काठमाडौंको एक क्लबबाट आफूलाई प्रहरीले नियन्त्रणमा लिएर एक घन्टासम्म हिरासतमा राखेको पनि उनको भनाई छ । उनले, आफूहरु एक नाइट क्लबमा रहेको र क्लब बन्द हुने समय भएपछि बाहिर निस्कने तयारी गर्दै गर्दा प्रहरी आएर बाहिर निस्किन दबाब दिएको उनले बताएका छन् ।

उनले क्लबमा आफ्नो बिल तिर्न बाँकी रहेको बताइरहँदा प्रहरीले काँधमा समातेर घिसार्दै बाहिर लैजान खोजेको पनि बताएका छन् । उनले, आफ्नो गल्ती के छ भनेर सोधेको तर प्रहरीले एक्कासी गालामा कडा झापड हानेको फेसबुक लाइभमा बताएका छन् । उनले, यस्तो थप्पड आफूले जीवनमा कहिल्यै पनि नखाएको पनि दाबी गरेका छन् ।

सुशान्तले भनेका छन्–‘मेरो बुबा–आमाले हात उठाएको म सहन सक्छु । तर, विना कारण प्रहरी वा कसैले मलाई हात उठाउन पाउँदैन ।’

सुशान्तले विगत १२ बर्षदेखि आफू नेपाललाई विश्वमाझ परिचित गराउन लागिपरेको तर आफ्नै देशमा प्रहरीबाट नराम्रो व्यवहार भोग्नुपर्दा दुःख लागेको उल्लेख गरेका छन् । सुशान्तले कसैलाई पनि झापड हान्ने अधिकार प्रहरीलाई नभएको पनि बताएका छन् ।

आफूले घरमा फोन गर्छु भन्दा पनि प्रहरीले नदिएको उनको भनाई छ । आफूलाई सामान्य मानिस भएर हिड्न मन लाग्ने बताउँदै उनले प्रहरीलाई विना गल्ती गर्धनमा समातेर घिसार्न र झापड हान्ने अधिकार नभएको बताएका छन् । प्रहरीले कहिलेकाही राम्रो कुरा गर्दा गर्व लाग्ने तर यस्ता खालका भोगाइले सोचाई नै परिवर्तन हुने उनको भनाई छ ।

सुशान्तले आफू चुप लागेर नबस्ने पनि चेतावनी दिएका छन् । भोलीका दिनमा अरुलाई यस्तो नपरोस् भनेर पनि आफूले आवाज उठाउने उनको भनाई छ । आफूले तयार पारेको भिडियो नेपाल प्रहरीसामु पुगेपनि उनीहरुलाई फरक नपर्ने उनको भनाई छ ।

सन् २०१२ मा भारतको चर्चित रियालिटी शो ‘इन्डियाज सुपरस्टार’मा छनोट भएर उत्कृष्ट १० सम्मको यात्रा तय गरेपछि सुशान्तको चर्चा चुलिएको थियो । उनको नेपाल र भारतमा लाखौं फ्यान छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भाउजूको हत्या गर्ने देवर पक्राउ

विरामी भर्ना गरी जाँच गर्ने मेडिकल सञ्चालक पक्राउ

मन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र, यी नेताको सम्भावना

आज प्रधानमन्त्री प्रचण्ड चीनकाे छेन्दु जाँदै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

कपिलबस्तुमा मनाइयो १७ औं विश्व रेविज दिवस

कपिलबस्तुमा मनाइयो १७ औं विश्व रेविज दिवस

कपिलबस्तुमा मोहम्मद जयन्ती धुम धामका साथ मनाइयो

कपिलबस्तुमा मोहम्मद जयन्ती धुम धामका साथ मनाइयो

चितवनमा जङ्गली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु

सर्लाहीमा जलाउन लागिएको युवतीको शव प्रहरीले उठायो, पतिसहित तीन जना पक्राउ

भर्खरै प्रकाशित

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

भाउजूको हत्या गर्ने देवर पक्राउ

विरामी भर्ना गरी जाँच गर्ने मेडिकल सञ्चालक पक्राउ

मन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र, यी नेताको सम्भावना

आज प्रधानमन्त्री प्रचण्ड चीनकाे छेन्दु जाँदै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज