दाङ। सल्यानमा भएको बस दुर्घटनामा परि मर्नेको संख्या १२ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले हालसम्म दश जनाको मात्र सनाखत भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत्यु हुनेमा दाङको शान्तिनगर ८ बस्ने ३५ वर्षिया सावित्रा केसी, सोहि वडाका ५ वर्षिय सुरज वली, बबई ४ की ६० वर्षिया डुली रेउले, वडा नम्वर ६ पञ्कुलेकी ७० वर्षिया कलाबती बुढाथोकी, घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरकी ६५ वर्षिया इन्द्रा अधिकारी, सल्यानको शारदा नगरपालिका वडा नम्बर २ की ६१ वर्षिया मीना डाँगी, शारदा ३ की ६६ वर्षिया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका वडा नम्बर १ काभ्राकी २४ वर्षिया मीना शाही , छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का २९ वर्षिय तिलक वली र शारदा नगरपालिका वडा नम्बर १२ घर घई हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ५३ वर्षिया प्रभा चलाउने रहेका छन् ।