जीप दुर्घटनामा परी प्यूठानमा एक जनाको मृत्यु भएको छ। सोमबार बिहान मल्लरानी गाउँपालिकास्थित मुनडाँडाबाट बाग्दुला जाँदै गरेको रा १ ज १९९२ नम्बरको जीप सोही गाउँपालिका- ३ स्थित बुकेनीमा दुर्घटना भएको हो।
दुर्घटनामा परी जीप चालक स्थानीय २९ वर्षीय गोरख पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जीप अनियन्त्रित भई भीरबाट करिब १ सय ५० मिटर तल खसेको छ। गम्भीर घाइते प्यूठान नगरपालिका–४ खड्गडेराका १७ वर्षीय विवेक नेपालीलाई उपचारका लागि प्यूठान अस्पताल विजुवार लगिएको प्रहरीले जनाएको छ।