काठमाडौँ । भारतले नेपालसहितका ९९ देशका नागरिकलाई क्वारेन्टिनबिनै मुलुक प्रवेशको अनुमति दिने भएको छ । नोभेम्बर १२ देखि अर्को निर्णय नभएसम्म यो नियम लागू हुने भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तर, ७२ घण्टा अघिको पीसीआर परीक्षणको प्रमाणपत्र भने बुझाउनुपर्ने भएको छ । यी ९९ वटा मुलुकमा खोपको दायरा विस्तार भएको र कोभिड सङ्क्रमण पनि घटेको भन्दै भारतले यस्तो निर्णय गरेको हो ।