काठमाडौं । भारतका योग गुरु बाबा रामदेव काठमाडौं आइपुगेका छन् ।
पतञ्जली योगपीठ नेपालले सञ्चालन गर्न लागेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उदघाटन गर्न रामदेव बिहीबार साझ काठमाडौं ओर्लिएका हुन् ।
दुबै टिभी स्याटलाइटबाट प्रसारण हुनेछ । हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ।
यस्तै योगपीठले स्वदेशी समृद्धि कार्डको प्रारम्भ पनि गर्ने भएको छ । कार्डसहित टेलिभिजनको उद्घाटन शुक्रबार पतञ्जलीको कार्यालय बालुवाटारमा हुनेछ
उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा हुनेछ भने सो क्रममा स्वामी रामदेवसहित, आचार्य बालकृष्णभारतीय मन्त्री नितिन गडकरीको पनि सहभागिता हुनेछ ।