Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेस महाधिवेशन : दाङमा नेतृत्वका लागि युवाहरूको बलियो दावेदारी


पर्वत कांग्रेसमा जिल्ला सभापतिको उम्मेदवार शुल्क रु ५० हजार

दाङ – नेपाली कांग्रेसमा १४औं महाधिवेशनअन्तर्गत दाङमा तहगत नेतृत्वको लागि युवापुस्ताको सक्रियता सहभागिता बढ्ने देखिएको छ । वडा तथा पालिका अधिवेशनमा युवा नेतृत्वले पहुँच पुर्‍याएको अवस्थामा अहिले भने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पनि युवाहरूले नेतृत्वको चाहाना गर्दे उम्मेदवारी दिएका छन् ।

अग्रज नेताहरूको सहभागितामा युवाहरूको नेतृत्वमा सक्रियता देखिएको छ । महाधिवेशन प्रतिनिधि नेतृत्वका लागि पनि युवापुस्ताको चासो देखिँदा कांग्रेसमा युवा पुस्ताको वर्चस्व हुने बढेको छ । पार्टीको मुख्य पदमा पुराना पुस्ता हाबी हुँदा कांग्रेसले भने अनुसारको गति लिन नसकेकोले युवापुस्ता राजनीतिमा होमिन खोजेका युवाहरूको धारणा छ ।

१४औं महाधिवेशनपछि अधिकांश मुख्य पदमा युवा पुस्ता आउने देखिएको छ । पछिल्लो समय युवापंतिको उम्मेदवारी घोषणाले कांग्रेसमा युवा पुस्ता आउने निश्चित प्राय छ । कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काले जिल्लामा पनि युवा पुस्ताले नेतृत्वमा आउन उम्मेदवारी दिएको बताए । ‘धेरै पदमा युवाको उम्मेदवारी परेको छ,’ उनले भने, ‘यसअघि सम्पन्न वडा तथा गाउँ/नगरको अधिवेशनमा पनि युवापुस्ता नै आएका छन् ।’

दाङमा वडा तथा गाउँ/नगरको नेतृत्वमा युवा पुस्ता आउँदा अबको प्रदेश सभा, प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पनि युवाको उम्मेदवारी परेको छ । पुराना पुस्ताको हाबी भएको कांग्रेसमा युवा पुस्ता राजनीतिक नेतृत्वमा आउन थालेको देखिएको छ ।

दाङ क्षेत्र नम्बर ३ को ‘ख’मा सभापति पदका लागि टिका घर्ती, उपसभापतिमा नवीन योगी, सचिव पदका लागि देवीराम कुसारी, ‘क’को सचिवमा किरण केसी, टोपेन्द्र डाँगी क्षेत्र नम्बर ३ मा क्षेत्रीय सचिवमा रवि बुढाथोकी चुनावमा होमिएका छन् ।

यस्तै क्षेत्र नम्बर २ को ‘ख’मा सभापति पदका लागि अभियान बस्नेत, सचिवमा शिवराज बस्नेत, क्षेत्र नम्बर २ को सचिवमा आरे शीतल, क्षेत्र नम्बर ३ को ‘क’मा सहसचिव पदका लागि युवा व्यवसायी राजेन्द्र महतारा, लीला मणि चौधरीलगायतका युवा चुनावी मैदानमा छन् । नेतृत्वमा आउने दावीका साथ उनीहरू चुनावी मैदानमा होमिएका छन् । अन्य पद र प्रतिनिधिहरूमा पनि युवाहरूकै बाहुल्यता रहेको छ ।

पार्टीलाई गतिशील बनाउने र यथास्थितिबाट माथि उठाउने उद्देश्यका साथ युवाहरू नेतृत्वमा आउन उम्मेदवारी दिएका छन् । राजनीतिमा असल संस्कारको विकास गराई सकारात्मक दृष्टिकोण सृजना गर्न लागि नेतृत्वमा आउन लागेको क्षेत्र नम्बर ३ को ख मा सभापति पदमा उम्मेदवारी दिएका तरुन दलका जिल्ला अध्यक्ष तथा युवा नेता टिका घर्तीले बताए ।

‘कांग्रेसलाई मजबुत बनाउन र असल संस्कारको विकास गराउन मेरो उम्मेदवारी हो,’ उनले भने, ‘मलाई लाग्छ, म नेतृत्वमा आउनका लागि नेता तथा कार्यकर्ताको साथ रहनेछ ।’ विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसमा होमिएका नेता घर्ती जिल्ला सदस्य, भातृ संस्था तरुणदल जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष, कार्यवहाक अध्यक्ष, १२औं र १३औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भइसकेका उनले अहिले क्षेत्र नम्बर ३ को ‘ख’ मा सभापतिका लागि उम्मेदवारी दिएका हुन् । उमेरले ३६ वर्ष मात्रै भएका उनले यसपटक पनि सबै साथ पाउने विश्वास व्यक्त गरे ।

पत्रकार पनि उम्मेदवार

कांग्रेसको आसन्न प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मुख्य पदमा पत्रकारले पनि उम्मेदवारी दाबी गरेका छन् । आज हुने प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ता प्रक्रियामा जिल्लामा केही पत्रकारले उम्मेदवारी दिँदै छन् ।

कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पत्रकार सुरेश श्रेष्ठले उम्मेदवारी दिएका छन् । यस्तै पत्रकार देवीराम कुसारीले दाङ क्षेत्र नम्बर २ को ‘ख’ मा सचिव पदमा उम्मेदवारी दिएका छन् । पत्रकार आरके शीतलले पनि क्षेत्र नम्बर २ को सचिवमा उम्मेदवारी दिएका छन् । श्रेष्ठ विगत दुई दशकदेखि पत्रकारिता पेसामा कार्यरत रहेका छन् । अहिलेका क्षेत्रीय सदस्यसमेत हुन् ।

पार्टीमा सञ्चार क्षेत्र र युवाको प्रतिनिधित्वको लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको उनले बताए । ‘म विगत दुई दशकदेखि पत्रकारिता पेसामा छु,’ उनले भने, ‘पाटीमा पनि युवाको सहभागिता बढाउन मेरो उम्मेदवारी हो ।’ वि.स. २०५० सालमा सल्यानमा विद्यार्थी राजनीतिबाट कांग्रेसमा राजनैतिक यात्रा सुरु गरेका उनी कांग्रेसको भातृ संस्था प्रेस युनियनका केन्द्रीय सदस्यसमेत हुन् ।

यस्तै पत्रकार आरे शीतल नेपाल पत्रकार महासंघ दाङको सचिव हुन् । उनी पनि कांग्रेस पार्टीबाट राजनीति गरिरहेका छन् । देवीराम कुसारी पनि पत्रकार हुन् । उनी पनि पत्रकारितासँग सँगै राजनीतिमा छन् । कांग्रेसको क्रियाशील सदस्यसमेत रहेका उनले अहिले नेतृत्व तहमै उम्मेदवारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्वीकृतिबिना पुरातात्विक क्षेत्र कुदानमा लुम्बिनी विकास कोषले गेट निर्माण गर्दै

स्वीकृतिबिना पुरातात्विक क्षेत्र कुदानमा लुम्बिनी विकास कोषले गेट निर्माण गर्दै

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

बढ्याे मायादेवी मन्दिरको प्रवेश शुल्क

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार

मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

एसडिजीले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ: मन्त्री आचार्य

आयुर्वेद केन्द्रमा सेवाग्राही निरन्तर बढदै, दरबन्दी ४० बर्ष अघि कै यथावत, बजेट पनि झन घट्यो

आयुर्वेद केन्द्रमा सेवाग्राही निरन्तर बढदै, दरबन्दी ४० बर्ष अघि कै यथावत, बजेट पनि झन घट्यो

जथाभावी फोहोर फाल्नेलाई जरिवाना गरिने

जथाभावी फोहोर फाल्नेलाई जरिवाना गरिने

भर्खरै प्रकाशित

दोस्रो एकदिवसीय क्रिकेटमा भारतसँग अस्ट्रेलिया ९९ रनले पराजित

दोस्रो एकदिवसीय क्रिकेटमा भारतसँग अस्ट्रेलिया ९९ रनले पराजित

स्वीकृतिबिना पुरातात्विक क्षेत्र कुदानमा लुम्बिनी विकास कोषले गेट निर्माण गर्दै

स्वीकृतिबिना पुरातात्विक क्षेत्र कुदानमा लुम्बिनी विकास कोषले गेट निर्माण गर्दै

मुख्यमन्त्री चौधरीले गरे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त

मुख्यमन्त्री चौधरीले गरे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

बढ्याे मायादेवी मन्दिरको प्रवेश शुल्क

सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले बढ्यो

सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले बढ्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज