काठमाडौं । कात्तिक २५ गते शुरु भएको राष्ट्रिय जनगणना आज बिहिबार सकिने भएको छ । केन्द्रीय तथ्यांक विभागले तयारी गरेको ५५ वटा प्रश्न र अन्य उपप्रश्न गरी ८० वटा प्रश्न गणकले फिल्डमा पुगेर टिपोट गर्दै आएका छन् ।
विभागले सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३ सय ५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालन गरेर देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना सुपरिवेक्षक खटाएको छ ।
विभागले आज जनगणना सम्पन्न भएसँगै तत्काल नयाँ कार्यतालिका सार्वजनिक गरी ६ महिनाभित्र डाटा इन्ट्री गरेर एक वर्ष भित्रमा नतिजा सार्वजनिक गर्ने जनाएको छ ।
‘मेरो गणना मेरो सहभागिता’ मूल नाराकासाथ गत कात्तिक २५ गतेदेखि १२ औँ राष्ट्रिय जनगणना शुरु भएको हो । हरेक १० वर्षमा गरिने जनणना नेपालमा संघीयता कार्यान्वयनपछि पहिलोपटक भएको हो ।