बबिता गिरी,कपिलवस्तु ।
कपिलवस्तु को तौलिहवामा आज ३४ औं विश्व एड्स दिवस कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिकाको आयोजना जिल्ला जनस्वास्थ्य कार्यलय क.व, कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा, सर्मपण सहयोग समुह क.व, नवजिवन नमुना एकीकृत विकास परिषद र AHF को सहयोगमा ३४ औं विश्व एड्स दिवस असमानता हटाऔं एड्स अन्त्य गरौ भन्ने मूलनाराका साथ नगरपालिकाको हलमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
सो कार्यक्रममा CABA बच्चाहरुलाई न्यानो लुगा बितरण समेत गरिएको थियो । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका समाजिक अधिकृत पदम राज श्रेष्ठ को अध्यक्षयता,गै.स.स महासंघका अध्यक्षय प्रविन कुमार श्रीवास्तवको प्रमुख आतिथ्यता, रहेको थियो भने पत्रकार महासंघका अध्यक्षय किरणमान बज्रर्चाय, गै.स.स महासंघ उपाध्यक्ष्य जय प्रकाश पाण्डेय, माहुरी होम का मोंहमद मुस्तफा, कपिलवस्तु जिल्ल अस्पताल की जीना खान, महिला परिवर्तन शिल समाज नेपाल अध्यक्षय चमेली थारु, नव जिवन समर्पण AHF नमुना लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रविन कुमार श्रीवास्तवले एड्स रोग भन्ने वित्तिकै डराउनु हुदैन औषधिको नियमित सेवन गर्नु पर्छ जस्ले गर्दा हामी सामान्य जिवन यापन गर्न सक्छौ एड्स संक्रमितहरुलाई समाजमा असमानता होईन थप माया र सम्मान दिनु पर्ने बताउनु भयो । साथै संक्रमितहरु अव लुकेर बस्नु हुदैन एड्स रोग लागेव भन्दैमा हिनताबोध नगरी समाजमा खुलेर आउनु पर्छ ।
समाजमा संक्रमितहरुलाई साथ र सम्मान दिलाउनका लागि सबै ठाउँका गाउँ, समाज, वडा, नगरपालिका, संघ सस्थाहरु लगनएत सम्पूर्ण लागि पर्नु पर्छ । जस्को लागी कपिलवस्तु नगरपालिका सदैव करारात्मक रहेको कुरा नगरपालिकाका समाजिक अधिकृत पदमराज श्रेष्ठले बताउनु भयो । कार्यक्रममा ५३ जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको थियो । १५० जनाको उपस्थिती रहेको सो कार्यक्रममा सर्मपण सहयोग समुहकि शुसीला वेलवासेले कार्यक्रमको सञ्चान गर्नु भएको थियो ।