भैरहवा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा संस्थापन पक्षबाट भरतकुमार शाहको नेतृत्वमा प्यानलको घोषणा भएको छ । निर्वाचनको पुर्वसन्ध्यामा भैरहवामा घोषणा सभाको आयोजना गरि प्यानल सार्वजनिक गरिएको छ । प्यानलमा २ जना उपसभापति पदका लागि कपिलवस्तुका सुधाकर पाण्डे र दाङका राजु खनालले उम्मेदवारी दिने भएका छन ।
यस्तै, महामन्त्रीमा पनि २ पदको लागि बर्दियाका जन्मजय तिमिल्सिना र प्युठानका खिमानसिंह रायमाझीले उम्मेदवारी दिने पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । सहमहामन्त्रीमा १ महिला सहित ३ पदको लागि रुपन्देहीकि सरिता चौधरी बाकेकि माया पुन र बाकेकै लक्ष्मी नारायण शाहले उम्मेदवारी दिने नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाणले जनाए । सदस्य पदको लागी भने अझै छलफलकै क्रममा रहेको सभापति पदका उम्मेदवार भरत कुमार शाहले बताए । उनले आज रातीसम्ममा सद्स्यको नामावली पनि तयार गरिने जनाए ।
नेपाली कांग्रेसको १४ औ अधिवेशन अन्तर्गत भोलि बिहान ८ बजे देखि मनोनयनको कार्यक्रम रहेको छ । प्रदेशमा १ जना सभापति, २ उपसभापति, २ महामन्त्री, १ महिला सहित ३ सह( महामन्त्री गरि ८ जना पदाधिकारीमा चयन हुनेछन् ।
यस्तै। प्रत्यक्ष सदस्य तर्फ जिल्लागत रुपमा १२ जिल्लाबाट १२ महिला सहित २४ जना र खुल्लामा ५ महिला सहित १७ जना चयन हुनेछ्न । समावेशी सदस्यमा खस आर्य तर्फ ४ महिला सहित ८ जना, आदिवासी जनजातीमा २ महिला सहित ५ जना, मधेशीमा २ महिला सहित ४ जना, दलितमा २ महिला सहित ४ जना, थारु २ महिला सहित ४ जना, मुस्लिम १ महिला सहित २ जना र अल्पसंख्यक वा अपाङ्ग मध्ये १ जना गरि जम्मा ६९ जनाको कार्यसमिति रहनेछन्।