काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्र र जनताको हितसँग सम्बद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएको बताएका छन् । बिहीबार पूर्व राजा ज्ञानेन्द्र शाहको सम्वाद सचिवालयले सूचना जारी गरेर पूर्वराजा शाहले राष्ट्र र जनताको हितसँग सम्बद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएको जनाएको हो ।
जारी सूचनामा भनिएको छ, ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट राष्ट्रिय समसामहिक घटना सन्दर्भ राष्ट्र र जनताको हितसंग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राखि बक्सनु स्वभाविक हो ।’
त्यस्तै पूर्वराजा शाहले कुनै किसिमको सामाजिक सञ्जाल प्रयोग नगरेको उल्लेख गर्दै जारी सूचनामा भनिएको छ, ‘तर, मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ ।’
यसका साथै निराधार कपोल्कल्पित भ्रम जालबाट मुक्त रहन तथा आस्था र मर्यादामा आँच नपु¥याउन सबैमा अग्रहसमेत गरिएको छ ।