काठमाडौं । नयाँ नेतृत्व चुन्नका लागि काठमाडौंमा जारी काँग्रेस १४औँ महाधिवेशनअन्तर्गत सभापतिका लागि भएको मतदानमा अहिलेसम्म शेरबहादुर देउवाले अग्रता कायमै छ ।
जम्मा ३१८१ मत गणना भएको छ । जसमा ५६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । सभापतिका प्रतिस्पर्धी देउवाले १५०६ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी शेखर कोइरालाले ११७८ मत प्राप्त गरेका छन् ।
प्रकाशमान सिंह २५४, विमलेन्द्र निधिले १७३ र कल्याण गुरुङले १५ मत प्राप्त गरेका छन् ।