बुटवल-गुल्मीमा भीरबाट लडेर दम्पतीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मुसिकोट नगरपालिका-१ को सिख्रा सामुदायिक वनको भीरबाट लडेर २६ वर्षीय मनु सार्की र उनकी श्रीमती २५ वर्षीया ज्ञानु परियारको मृत्यु भएको हो।
भीरबाट लडेर घाइते भएका उनीहरुको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए।
माइती/ससुराली जान हिडेका उनीहरु घोडेटो बाटोमा भीरबाट लडेका थिए।
भीरबाट लडेका उनीहरुलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको थियो।