काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना जारी छ ।
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा साढे १० बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । यसअघि पदाधिकारी र प्रदेशको भूगोल र पिछडिएका क्षेत्रतर्फका केन्द्रीय सदस्यको नतिजा आइसकेको छ ।