टोकियो/जापान । जापान स्पेस एजेन्सीले १३ वर्षपछि पहिलो पटक नयाँ अन्तरिक्ष योजनाका लागि अन्तरिक्ष यात्रीहरुको आवेदन माग गरेको छ । जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सीले सन २०२३ मार्चसम्ममा नयाँ अन्तरिक्ष यात्रीहरुको भर्ना प्रकृया सक्काउने लक्ष लिएको छ ।
कम्तिमा ४ पटकको सम्बन्धित परिक्षा पछि मात्रै आगमी अन्तरिक्ष प्रोजेक्टको अन्तरिक्ष यात्रीको रुपमा भर्ना गरिने उल्लेख गरिएको छ । अन्तरिक्ष अनुसन्धान तथा अद्ययनको कम्तिमा ३ वर्षको अनुभव भएका व्यक्तिहरुले आवेदन दिन सकिने उल्लेख गरिएको छ ।
यसका अन्य प्रकृया तथा सीमाहरुको बारेमा जापान एरोस्पेस एक्स्प्लोरेशन एजेन्सीको वेवसाईटमा हेर्न सकिनेछ । संयोगवस, पहिलो जापानी अन्तरिक्ष पर्यटक १२ दिन अन्तरिक्ष बसेर फर्किएसंगै स्पेस एजेन्सीले जनसक्ति माग भएको छ ।जापानी व्यवासायी माएजावाको अन्तरिक्ष भ्रमणले अन्तरिक्षका बारेमा चासो राख्नेहरुमा थप रुची जगाईदिएको छ ।