जापान। नेपाल र जापानबिच सिधा हवाई उडान भर्दै आएको एकमात्र राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाईन्सको आज १३ गते नेपालबाट जापानको लागि हुन लागेको उडान अन्तिम समयमा रद्द भएको छ।
नेपाल एयरलाईन्स सम्बद्व अधिकारिहरुका अनुसार बिमानमा प्राविधिक समस्या देखिएपछि उड्ने तयारीका बिच अन्तिम समयमा उडान रद्द गरिएको हो ।
नेपाल एयरलाईन्सको बिमान चेकजाँचपछि सम्भव भएसम्म १४ गते साँझ नेपालबाट उडाउने योजना नेपाल एयरलाईन्सले बनाएको छ ।
यो उडानमा १ सय भन्दा बढी यात्रु जापान जाने तयारीमा रहेको बुझिएको छ ।