जागरुक युवा अभियान नेपालले यस वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने भएको छ । सो अभियानले गत नौ वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षको जनवरी १ (पुस १७) का दिन यो दिवस मनाउँदै आएको अभियानका संयोजक घनश्याम श्रेष्ठले बताउनुभयो ।
विसं २०६८ मा बाबुराम भट्टराई नेतृत्वको तत्कालिन सरकारले नेपाली राष्ट्रिय पोशाकलाई औपचारिकरूपमा हटाएपछि त्यसलाई स-सम्मान फिर्ता हुनुपर्ने मागसहित सरकारलाई दबाब दिन टोपी दिवस मनाउन थालिएको संस्थाका सचिव ज्ञानमणि नेपालले जानकारी दिए ।
कोभिड-१९ को जोखिमका कारण यस वर्ष दिवसका अवसरमा प्रभातफेरिजस्ता जनप्रदर्शन भने नहुने भएको छ ।