काठमाडौँ । घोराही कारागारका जेलर युवराज परियार रिहा भएका छन् । उनलाई केदीबन्दी यमराज परियारलाई भगाएको आरोपमा पक्राउ गरिएको थियो । उनी सँगै पक्राउ परेका तीन प्रहरीसहित अन्य ६ जना भने थुना मै रहेका छन् ।
फरार नाइके यमराज परियार र जेलर युवराजका बीचमा दाजुभाइको जस्तै सम्बन्ध रहेको तथा त्यही भएर कारागारभित्रै पनि यमराजलाई दिनै नमिल्ने सेवा सुविधा, अधिकार दिएको आरोप बाहिरएको थियो।
पुस ८ गते कारागारका नाइके यमराज परियार प्रहरीकै मोटरसाइकल लगेर भागेपछि घटना अनुसन्धानका लागि भन्दै जेलर परियारसहित पुस १२ गते सात जना पक्राउ परेका थिए।
कर्तव्य ज्यानमुद्दामा साढे सात वर्ष कैद भुक्तान गरेका कारागारका नाइके परियारलाई जिल्ला अदालतबाट २० वर्ष सजाए तोकिएको छ।
फरार नाइके परियारको खोजी कार्यका लागि केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि खटिएको स्रोतले जानकारी दिएको छ। नाइके यमराजलाई भगाउन तीन जना प्रहरीकोसमेत मिलेमतो रहेको पाइएको भन्दै हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।