कपिलवस्तु । कपिलवस्तुमा आज बिहान ट्याक्टर पल्टिदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । लु४ त २४०२ नम्बरको ट्याक्टर बुद्धभुमि नगरपालिका–३ रनगाईमा बिहान ७ बजे पल्टिदा दुई महिलाको मृत्यु र चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुघर्टनामा परी मृत्यु हुनेमा शिवकुमारी थारु र फुलकुमारी थारु रहेका छन् । त्यस्तै, बलराम सुनार, कृष्ण विक, सरिता थारु, सीमा थारु घाइते भएका छन् भने बलराम थारुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । ट्याक्टर बालुवा लिनलाई मजदुर लिएर बृद्धभुमि जाने क्रममा दुर्घटनामा परेको थियो ।