काठमाडौँ । काठमाडौँ महानगरपालिका-६ बौद्ध फैकास्थित राधाकृष्ण मन्दिर नजिकै सँगै बस्दै आएका युवक युवती मृत भेटिएका छन् । बिहीबार राति पौने १ बजेतिर सो घटना भएको महानगरीय प्रहरी वृत्त कपनका प्रहरी जवान गोपाल सिंह ओलीले जानकारी दिए ।
उनका अनुसार युवकको घाइते अवस्थामा उद्धार गरी हेल्पिङ हेण्ड अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएको हो । भने युवती कोठमै मृत अवस्थामा फेला परेकी थिइन् । मृत्यु हुनेमा संखुवासभा घर भई फैका बस्ने २५ वर्षीय अनिस जिमी र खोटाङ साकेला गाउँपालिका–५ घरभई जिमीसँगै बस्ने २२ वर्षीया युसुना राई रहेको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि कसैले आक्रमण गरेको हो वा आफैबीच झगडा परेर घटना भएको हो, सो विषयमा अनुसन्धान भइएको प्रहरी जवान ओलीले बताए । हाल मृतक युवक युवतीको शव पोस्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको छ ।