Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ओमिक्रोन संक्रमण भएको छ कि छैन कसरी थाहा पाउने ?


ओमिक्रोन संक्रमण भएको छ कि छैन कसरी थाहा पाउने ?

काठमाडौं । कोरोनाभाइरस (कोभिड-१९)को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालसहित विभिन्न देशमा पुष्टि भइसकेको छ । दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको यो भेरिअन्ट विश्वका दर्जनौँ देशमा कोरोनाभाइरसको यो नयाँ भेरियन्ट फैलिसकेको छ ।

धेरै देशले यात्रामा प्रतिबन्ध लागु वा कडाइ गर्दै यसको सम्भावित प्रकोपबाट सुरक्षित रहनेबबारे प्रयास थालेका छन् । सामान्यतया पीसीआर परीक्षणका लागि लिइएको नाक तथा घाँटीको स्वाब विश्लेषणका लागि प्रयोगशाला पठाइन्छ । पीसीआर विधिले मानिसमा कोरोनाभाइरस संक्रमण छ कि छैन भनेर हेर्नेछ ।

प्रयोगशालाअनुसार केहीले कोरोनाभाइरसको निश्चित भेरिअन्ट जस्तै, डेल्टा वा ओमिक्रोन पनि किटान गर्न सक्नेछ । ओमिक्रोनको आशंका गरिएको र नतिजामा कोरोनाभाइरस संक्रमण्ण पुष्टि भएको पीसीआर परीक्षणको स्वाब ‘जीनोम सीक्वन्सिङ‘ भनिने पूर्ण आनुवंशिक विश्लेषणका लागि प्रयोगशालामा पठाइन्छ ।

यसरी गरिएको परीक्षणले केही मानिसहरू वास्तवमै यो नयाँ भेरिअन्टबाट सङ्क्रमित रहेको पुष्टि गरेको छ । भाइरसको आनुवंशिक तत्त्वको प्रयोगशालामा गरिने यस्ता विश्लेषणहरू नयाँ भेरिअन्ट पत्ता लगाउन र तिनले कस्तो व्यवहार गर्छन् भन्ने पहिल्याउन महत्त्वपूर्ण हुन्छन् । यस्तो परीक्षण गर्न दुई साताजति लाग्ने भएकाले ओमिक्रोनबाट भएका धेरै संक्रमणहरु पहिचान भएका छैनन् ।

ओमिक्रोन

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट सङ्क्रमण हुँदा देखिने लक्षणहरू अन्य भेरिअन्टको सन्दर्भमा भन्दा फरक नभएको जानकारी उपलब्ध नभएको जनाएको छ ।

यद्यपि खोकी र ज्वरो आउनु तथा स्वाद र गन्ध हराउनु यो भेरिअन्टसँग सम्बन्धित लक्षण हुन सक्छन् । केही देशमा पूर्ण खोप लगाएका मानिसमा पनि ओमिक्रोन सङ्क्रमण पुष्टि भएको छ। उनीहरूमा देखिएका लक्षणहरू सामान्य छन्।

सुरुमा दक्षिण अफ्रिकाका अस्पतालहरूमा जटिल लक्षणसहित धेरै वयस्क व्यक्तिहरू भर्ना भएका थिए। तीमध्ये अधिकांश खोप नलगाएका वा खोपको एक मात्रा मात्र लगाएका मानिस थिए।

यसले के सङ्केत गर्छ भने पूर्ण मात्रामा खोप लगाउनु र अतिरिक्त ुबूस्टरु मात्रा लगाउँदा नयाँ वा उस्तै भेरिअन्टहरूले निम्त्याउने समस्याबाट जोगिन सकिन्छ ।

ओमिक्रोन भेरिअन्टमा अहिलेसम्म नदेखिएका र अन्य भेरिअन्टमा भएका उत्परिवर्तहरू देखिएका छन्। तीमध्ये अधिकांश उत्परिवर्तनहरू भाइरसको सतहमा देखिने स्पाइक प्रोटीनमा छन्।

अहिले उपलब्ध खोपहरूले स्पाइक प्रोटीनलाई नै लक्षित गर्छन् र अहिलेको मुख्य चुनौती यही हो । विशिष्टीकृत परीक्षणहरूमा ओमिक्रोनमा ‘एस(जीन ड्रपआउट’ भनिने आनुवंशिक जानकारी भेटियो जसले यो भेरिअन्ट पत्ता लगाउन सहज हुने देखियो ।

ओमिक्रोन

तर सबै एस/जीन ड्रपआउट भाइरस ओमिक्रोन हुँदैनन्। ओमिक्रोन निर्क्योल गर्न जीन सीक्वन्सिङ नै गर्नुपर्छ । भाइरसको आनुवंशिक संरचना भेरिअन्ट पत्ता लगाउनका लागि महत्त्वपूर्ण छ।

आनुवंशिक तत्त्वको सूक्ष्म निरीक्षण गरेर वैज्ञानिकहरूले कुनै व्यक्तिमा ओमिक्रोनको सङ्क्रमण छ वा विद्यमान र तीव्र गतिमा फैलिएको डेल्टा भेरिअन्टको सङ्क्रमण छ भन्ने पहिल्याउन सक्छन्।

यो प्रक्रियाले विश्लेषण गरिएको स्वाबका बारे मात्र जानकारी दिन्छ। तर प्राप्त परिणामका आधारमा वैज्ञानिकहरूले नयाँ सङ्क्रमणको कति अनुपात नयाँ भेरिअन्ट हुन सक्छ भन्ने आकलन गर्छन् । यूके र दक्षिण अफ्रिकाका वैज्ञानिकहरू यो प्रविधि प्रयोग गर्ने मामिलामा अग्रपङ्क्तिमा छन् ।

त्यसैले यी देशमा धेरै सङ्क्रमितमा ओमिक्रोन पुष्टि भएको छ। तर यो नयाँ भेरिअन्ट त्यहीँ उत्पत्ति भएको सङ्केत भने होइन । यो भेरिअन्ट कति सजिलै फैलिन्छ वा अन्य भेरिअन्टको तुलनामा यसले मानिसहरूलाई थप बिरामी बनाउँछ वा पहिले सोचिएकोभन्दा खोपको असर कम हुन्छ भन्नेबारे अन्योल कायम नै छ। झट्ट हेर्दा यो चिन्ताजनक नै देखिन्छ र देशहरूले पनि अप्रिय परिस्थिति नआओस् भने चाँडै प्रतिक्रिया जनाइरहेका छन्। बीबीसीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

एनसेल प्रकरणमा नाम मुछेको भन्दै प्रधानमन्त्री सचिवालयले जनायो आपत्ति

भारत–नेपाल सांस्कृतिक महोत्सवले लुम्बिनीमा मनायो साझा संस्कृति र सम्पदा महोत्सव

भारत–नेपाल सांस्कृतिक महोत्सवले लुम्बिनीमा मनायो साझा संस्कृति र सम्पदा महोत्सव

भारतीय राजदूत लुम्बिनी आउदा गृहमंत्रीको बिरोध प्रदर्शन

भारतीय राजदूत लुम्बिनी आउदा गृहमंत्रीको बिरोध प्रदर्शन

लगातार छैठौं पटक जित्यो कनकमुनीले राष्ट्रपति रनिङ शील्ड

लगातार छैठौं पटक जित्यो कनकमुनीले राष्ट्रपति रनिङ शील्ड

हिंसालाई नियन्त्रण गर्न कपिलबस्तुमा सडक नाटक गर्ने तयारी

हिंसालाई नियन्त्रण गर्न कपिलबस्तुमा सडक नाटक गर्ने तयारी

बुद्धभुमी महाेत्सवमा शुक्रवार ज्याेति मगर आउने

बुद्धभुमी महाेत्सवमा शुक्रवार ज्याेति मगर आउने

भर्खरै प्रकाशित

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

एनसेल प्रकरणमा नाम मुछेको भन्दै प्रधानमन्त्री सचिवालयले जनायो आपत्ति

भारत–नेपाल सांस्कृतिक महोत्सवले लुम्बिनीमा मनायो साझा संस्कृति र सम्पदा महोत्सव

भारत–नेपाल सांस्कृतिक महोत्सवले लुम्बिनीमा मनायो साझा संस्कृति र सम्पदा महोत्सव

भारतीय राजदूत लुम्बिनी आउदा गृहमंत्रीको बिरोध प्रदर्शन

भारतीय राजदूत लुम्बिनी आउदा गृहमंत्रीको बिरोध प्रदर्शन

लगातार छैठौं पटक जित्यो कनकमुनीले राष्ट्रपति रनिङ शील्ड

लगातार छैठौं पटक जित्यो कनकमुनीले राष्ट्रपति रनिङ शील्ड

हिंसालाई नियन्त्रण गर्न कपिलबस्तुमा सडक नाटक गर्ने तयारी

हिंसालाई नियन्त्रण गर्न कपिलबस्तुमा सडक नाटक गर्ने तयारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज