राष्ट्रिय एकता दिवस तथा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीलाई सरकारले महत्व नदिए पनि जनताले स्वस्फूर्त रुपमा महत्वका साथ मनाउने कार्यक्रम बनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी स्वयमले यसपटकको एकता दिवसलाई विशेष रुपमा मनाउने हुनुभएको छ।
प्राप्त जानकारीअनुसार राष्ट्रपति भण्डारी बिहान पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर वीर शहीद कालू पाण्डेको शालिकमा माल्यार्पण गर्न दहचोक जानुहुनेभएको छ। यसरी राष्ट्र एकीकरणका महानायकहरूलाई सम्मान दिएर राष्ट्रपति भण्डारीले देशबासीमा देशभक्तिको एउटा बेग्लै सन्देश प्रवाह गराउन खोज्नुभएको छ।