कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै जिल्ला स्तरीय कोरोना व्यवस्थापन समितिले कडाइ सुरु गरेका छन् ।
दाङमा बिहीबार बसेको बैठकले कोरोना भाइरसको संक्रमण जोखिम बढेकाले जिल्लामा स्मार्ट लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन् ।
स्मार्ट लकडाउन अन्तर्गत जिल्लामा होटल, रेष्टुरेण्ट, पार्टी प्यालेसहरु साझ ७ बजे पछि खोल्न नपाइने निर्णय गरिएको उनले बताए । प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार सार्वजनिक स्थलमा २५ भन्दा बढी जमघट गर्न र माघको अवसरमा कुनै पनि मेला महोत्सव सञ्चालन गर्न रोक लगाइएको उनले बताए ।
त्यस्तै माघ १५ गतेसम्म विद्यालयमा भौतिक पठनपाठन सञ्चालन गर्न नपाइने भएको छ ।