काठमाडौँ । सरकार सञ्चालनका लागि गठन भएको उच्चस्तरीय राजनीतिक समन्वय संयन्त्रको बैठक आज बस्ने भएको छ ।
सोमबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता पश्चात उक्त समितिको बैठक बस्न लागेको हो ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई नेताबीचको भेटवार्तामा स्थानीय निर्वाचनका बारेमा कुराकानी भएको पनि बताइएको छ ।
मंगलबार बिहान ९ बजे बस्ने समन्वय समितिको बैठकले पनि स्थानीय निकायको निर्वाचनका विषयमा सरकारलाई सुझाव दिने बताइएको छ ।
सोमबार बालुवाटारमा भएको दुई नेता बीचको छलफलमा पनि संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचित गर्न दुवै नेता सहमत भएका हुन् ।