–नेपालगन्ज प्रतिनिधि
यातायात कार्यालय बाँकेमा सर्वसाधारणलाई सास्ती सहन परिरहेको समाचार प्राप्त भएको छ।
प्राप्त समाचार अनुसार, बाँकेमा सेवाग्राहीहरुको लाईन तथा धेरै भिडभाड हुने कार्यालय भनेकै यातायात कार्यालय हो । जहाँ सबैभन्दा धेरै लेनेदन हुने गरेको स्रोतको दावी छ ।
लाइसेन्स,सवारीको नवीकरण देखि लाइसेन्स तथा रुट परिमिट लगायत अन्य काममा समेत भ्रष्टाचार हुँदै आएको कुरा बहिरिएको छ।
नाम नखोल्ने शर्तमा एक सवारीधनीका अनुसार २०७८ पुस २९ गते बिहिवार करिब ३ बजेको समय रुट परिमिट तथा जचाँ पास लिन गएका ब्यक्तिलाई प्रशासन तथा परमिट फाटका कर्मचारीले राजस्व मिलाइ दिन्छु भन्दै इसारा गररको बताए ।
पाँच हजार नौ सय राजश्व तिर्नुपर्ने ठाँउमा कर्मचारीले तीन हजारमा मिलाई दिने गरेको र सवारीधनी संग मिलाए वापत १५०० लिने गरेको प्रमाण हामी संग सुरक्षित छ।