कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। सभापति देउवाले स्थानीय तहको निर्वाचन र समसामयिक विषयबारे छलफलका लागि शुक्रबार भर्चुअल बैठक बोलाएका हुन्।
कांग्रेस सह–महामन्त्री किशोरसिंह राठौरका अनुसार कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै शुक्रबार ३ बजे भर्चुअल माध्ययमबाट बैठक बोलाएको नयाँ पत्रिकालाई जानकारी दिए। ‘भोलिका लागि सभापतिले कार्यसमितिको बैठक बोलाउनुभएको हो ।’
राष्ट्रिय सभा निर्वाचनलगत्तै बस्न लागेको बैठकमा निर्वाचनको समीक्षा, स्थानीय तहको निर्वाचनबारे कांग्रेसको धारणा र समसामयिक राजनीतिक विषयमा छलफल हुन लागेको कांग्रेसले जनाएको छ।