Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मूल्य रुपियाँ जरिवाना हजार !

Author Avatar साझा न्यूज 5th April 2023 , 6:56 AM
मूल्य रुपियाँ जरिवाना हजार !

काठमाडौँ, चैत २२ गते । चौसट्ठी रुपियाँ मूल्यको पुस्तकको जरिवाना चार हजार रुपियाँ! सुन्दा अचम्म लाग्न सक्ला तर पुस्तकालयबाट लगेको एक पुस्तक फिर्ता गर्दा पाठकले चार हजार रुपियाँ जरिवाना तिर्नुपरेको छ।

पुस्तक लगेर वर्षौंसम्म फिर्ता नगर्ने वा हराउने प्रवृत्तिलाई रोक्न त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय पछिल्लो समय कडा रूपमा प्रस्तुत भएको छ। पुस्तकालयले हालै विश्वविद्यालयका एक जना प्राध्यापकसँग चार हजार रुपियाँ जरिवाना असुल गरेको छ। ती प्राध्यापकले ‘एक सातामै फिर्ता गर्छु’ भनेर २०४२ सालमा पुस्तकालयबाट राजनीतिशास्त्र विषयको ‘पोलिटिकल डेभलपमेन्ट एन्ड सोसियल चेन्ज’ नामक पुस्तक लिनुभएको थियो। उहाँ त्यतिखेर विश्वविद्यालयको विद्यार्थी नै हुनुहुन्थ्यो। पढाइ सकेर त्रिविमै सेवा सुरु गरेपछि पनि पुस्तक फिर्ता गर्ने विषयमा उहाँले ध्यान पु¥याउनुभएन। सेवाबाट निवृत्त हुने बेलामा पुस्तकालयबाट उक्त पुस्तक लगेर फिर्ता नगरेको अभिलेख फेला प¥यो।

पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले भन्नुभयो, “नियमअनुसार पुस्तक लैजाने व्यक्तिले अध्ययन सकेपछि परीक्षा नियन्त्रण कार्यालयबाट ट्रान्सक्रिप्ट झिक्ने बेलामा पुस्तकालयको क्लियरेन्स गर्नुपर्ने हो तर त्यतिखेर परीक्षा नियन्त्रण कार्यालयमा भनसुन गरेर काम मिलाए होलान्। अहिले ४२ वर्षपछि भए पनि तिर्न बाध्य पारियो।”

पुस्तकालयका सूचना अधिकारी विजय शर्माका अनुसार सो पुस्तक अहिले नेपाली बजारमा कतै पनि पाइँदैन। “आदेशअनुसार सामानको अनलाइन डेलिभरी गर्ने पोर्टल अमेजनमा खोज्दा अहिले उक्त पुस्तकको मूल्य दुई हजार पाँच सय रुपियाँ रहेछ,” उहाँले भन्नुभयो, “पुस्तकको मूल्यमा पुस्तकालयको नियमअनुसार जरिवाना शुल्कसमेत जोड्दा चार हजार रुपियाँ पुग्यो। सोहीअनुसार भर्खर मात्रै उहाँलाई पुस्तकालयबाट क्लियरेन्सको पत्र दिइयो।”

आर डब्लु फिन्क्ले र जेएल गब्लले सो पुस्तक संयुक्त रूपमा लेख्नुभएको र जो विन्ली एन्ड सन्स इङ्कले पुस्तक प्रकाशन गरेको थियो। पुस्तकालयले पुस्तक लगेर समयमै फिर्ता नगर्नेलाई तोकिएको समयावधि नाघेपछि दिनको एक रुपियाँका दरले जरिवाना लिन्छ। त्यसबाहेक पुस्तक फिर्ता गर्ने समयमा उक्त पुस्तकको बजार मूल्य जति छ, त्यसको २५ प्रतिशत अतिरिक्त शुल्क पनि लिने गर्छ।

तोकिएको समयमै फिर्ता गर्छु भनेर मञ्जुरनामासमेत गराएका व्यक्तिले नबुझाएपछि अमेरिकी डलर तथा पाउन्ड स्टर्लिङमा समेत जरिवाना तिर्ने गरेका छन्। पुस्तकालय प्रमुख श्रेष्ठका अनुसार अमृत साइन्स क्याम्पसमा पढाउने एक जना महिला प्राध्यापकले केही समयअघि पाउन्ड स्टर्लिङमै पुस्तकको जरिवाना तिरेर पुस्तकालयबाट ‘क्लियरेन्स’ लिनुभएको थियो।

२०७१ सालपछि भने यसरी पुस्तक नै गायब पार्ने र लामो समयसम्म सम्पर्कविहीन हुने क्रम घटेको छ। त्यसअघि पुस्तकालयको सदस्यलाई कार्ड दिइन्थ्यो र सोही कार्डका आधारमा पुस्तक लगेर उनीहरू सम्पर्कविहीन हुने गर्थे। २०७१ सालपछि अनलाइनबाटै सदस्यता प्रदान गर्ने र पुस्तक सापटी लगेको विवरण पनि अनलाइनमै राख्ने गरिएको छ। यसो गर्दा तोकिएको समयमा पुस्तक फिर्ता नगर्नेलाई सफ्टवेयरले नै ताकिता गर्छ। जसका कारण समयमै पुस्तक आउने क्रम बढेको पुस्तकालयले जनाएको छ।

केन्द्रीय पुस्तकालयमा हाल भौतिक रूपमै र अनलाइनबाट पुस्तक पढ्नेसमेत गरेर ५० हजारजति सदस्य छन्। पुस्तकालयले पुस्तक पढ्न चाहनेमध्ये शिक्षक, विद्यार्थी, कर्मचारी, अनुसन्धानकर्तासमेत गरेर आठ प्रकारको सदस्यताको व्यवस्था गरेको छ। जसमध्ये सबैभन्दा धेरै पुस्तक विश्वविद्यालयका अध्यापक, त्रिविअन्तर्गतकै उपत्यकामा रहेका अन्य क्याम्पसमा प्राध्यापन गर्नेलाई प्रदान गरिन्छ। विश्वविद्यालयका अध्यापकलाई एक पटकमा सात र अन्य क्याम्पसका अध्यापकलाई तीनवटासम्म पुस्तक प्रदान गरिन्छ। उनीहरूले लगेका पुस्तक ९० दिनमा फिर्ता गर्नुपर्ने हुन्छ। त्यसैगरी अनुसन्धानकर्ताका लागि चारवटा पुस्तक ९० दिनका लागि प्रदान गरिन्छ।

आंशिक सदस्यले भने पुस्तक घर लैजान पाउँदैनन् तर पुस्तकालयमै आएर अध्ययन गर्न सक्छन्। पुस्तकालयमा चार लाख ३१ हजार पुस्तक र पाँच करोडवटा लिङ्कमा सहज पहुँच छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज