Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

Author Avatar साझा न्यूज 5th December 2023 , 11:45 AM
युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

मोनिका बस्याल

वैदेशिक रोजगार भन्नाले साधारण भाषामा अन्य मुलुकमा श्रम बेची पैसा कमाई आफ्नो र देशको जिविकोपार्जन धान्ने भन्ने कुरा हाम्रो मानसपटलमा आउने नै गर्छ । तर क्यानाडा, बेलायत, अमेरिका, अस्ट्रेलिया लगायतका मुलुकमा विद्यार्थीहरु भिसामा जाने र वैदेशीक जिन्दगीलाई नै सुखमय मानि उतै नै बस्ने चलन बढेको छ ।

यो नै अहिलेको परिवेशमा वैदेशिक रोजगारको परिभाषा बन्न पुगेको छ । सामान्य भाषामा भन्नु पर्दा अरुको देशमा रगत पसिना बगाएर काम गर्नु पर्ने बाध्यता वा भनौ अहिलेको युवा वर्गको रहर नै वैदेशिक रोजगारको लागि Trend बन्न पुगेको हो । अहिलेको परिवेशलाई नियाल्ने हो भने, कक्षा १२ सम्मको आफ्नो पढाई सकि माथिल्लो तहको अध्ययनका लागि विदेश जाने Trend लाई आँखा चिम्लेर फलो गरि रहेका छन्, अहिलेका युवा विद्यार्थीहरु ।

उनीहरु १२ बर्षको पढाइलाई १२ दिन लगाएर बनाएको एउटा पासपोर्टमा आफ्नो करियर र भविष्य बिताउनु पर्ने उनीहरुको यथार्थतालाई म बाध्यता बुझौ कि रहर ?  ऐतिहासिक पृष्ठभुमी हेर्ने हो भने, नेपालले सन् १९९० मा विश्व व्यापीकरणको नीति अवलम्बन गरेसंगै बैदेशिक रोजगारको बिषयले नेपाल र नेपाली बिच चर्चा पाएको हो ।

वैदेशिक रोजगारको इतिहास जतिनै पुरानो भएपनि २०४२ सालमा बैदेशिक रोजगार ऐन बने पश्चात मात्र कानुनी संयन्त्र निर्माण भएको पाइन्छ, जस पश्चात् वैदेशिक रोजगारको हुतहुति बढ्यो र अहिले Trending को शिखरमा छ । नेपालको संविधान २०७२ को धारा ५१ को खण्ड (झ) को ५ र ६ मा प्रस्टै उल्लेख गरिएको छ, कि वैदेशिक रोजगारलाई शोषणमुक्त, सुरक्षित र व्यबस्थित गर्न तथा श्रमिकको रोजगारी र अधिकार प्रत्याभूति गर्न, यस क्षेत्रको नियमन र व्यबस्थापन गर्ने तथा वैदेशिक रोजगारबाट प्राप्त पुजी, सिप, प्रविधि, ज्ञानलाई स्वदेशमा उत्पादनमुलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने नीति राज्यले लिएता पनि यसलाई व्यबहारमा भने लागु गरेको कतै देखिदैन या भनौँ सकेको छैन ।

संविधानमा जति सुकै प्रावधान युक्त धारा उल्लेख गरेता पनि केवल संबिधानको पानामा मात्र सिमित भयो तर नेपाली जनताले केहि लाभ प्राप्त गर्न सकेनन् । समस्यामा जेलिएको देशमा वैदेशिक रोजगार धेरै युवा वर्गको निम्ति रहर नभई बाध्यता पनि हो । यहाँका मानिसमा स्वदेशमा काम गर्ने व्यक्ति, गर्ने व्यवहार र हेर्ने नजरिया अझ पनि बद्लिएको छैन ।

मेरा चाहिँ विदेश जाउन, तेरालाई चाहिँ यहीँ राख भन्ने सरकारको नीति अहिले डर लाग्दो डलर कमाउने कुटनिति भएको छ्र । नेपालीले नेपालीलाई नै श्रमको क्षेत्रमा सम्मान गर्ने संस्कृतिको विकाश नहुनु आज को मुख्य कारण हो ।

मुलुकभित्र लगानी गरेर आयआर्जन गर्न सकिन्छ भन्ने विश्वास अझ यहाँका जनतामा पुराउन नसक्नु कतै हामी जस्ता स्वदेशमै केहि गर्नु पर्छ भन्ने युवाहरु को दोष त हैन ? बुद्धको भनाई अनुसार “संसारमा दुख छ, हरेक दुखको कारण हुन्छ र त्यो कारणको निवारण हुन्छ्र ।” वैदेशिक रोजगार नेपालीको लागि समस्या हो भने, यो समाधान गर्ने धेरै पाटोहरु रहेका छन् । हाम्रो समाजमा मौलाएको चरम भष्टाचार तथा गैर जिम्मेवार नेतृत्वकोे कारणले समेत बेरोजगारीको समस्या निम्तिएको पाइन्छ । मानब संसाधनको मूल सिद्धान्त ठिक व्यक्ति ठिक समयमा ठिक ठाउँमा हुनुपर्ने हो ।

तर अन्यथा भइ अर्थतन्त्रमा पर्न गएको भष्टाचार तथा कुशासनको प्रभावले गर्दा सिङ्गो श्रमबजार प्रभावित भई बेरोजगारी समस्या उत्पादन भएको पाइन्छ्र । यस समस्याको प्रभाबले गर्दा युवाको सोच र शक्ति खाडी तथा अन्य मुलुकमा गएर रित्तिन्छ । हाम्रो श्रमशक्ति बिदेशी भूमिमा गएर डिफिकल्ट, डेन्जर र डर्टी काम गर्न बाध्य हुन्छ्र । जसको परिणाम देशमा युवा शक्तिको ठुलो अभाव देखा परेको छ ।

लेखकः काठमाण्डौं स्कुल अफ ल की वि.ए.एल.एल.वी.की छात्रा हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

६ घण्टामा कपिलवस्तुको रङ्गाईमा ११०.८ मिलिमिटर वर्षा

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

भर्खरै प्रकाशित

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

६ घण्टामा कपिलवस्तुको रङ्गाईमा ११०.८ मिलिमिटर वर्षा

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज