लुम्बिनी प्रदेशका वनमन्त्री कुर्मीले दिए राजीनामा

लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् । मन्त्री कुर्मीले मंगलबार पदबाट राजीनामा दिएका हुन् । बाँकेकी निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पारेको आरोप लागेका बादशाह कुर्मी लुम्बिनीको मन्त्री बनेका थिए । उनी नेपाली कांग्रेसको कोटाबाट वनमन्त्री बनेका हुन् ।