Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सरकार अहिले कोरोनाबाट जनताको जीवन रक्षामा केन्द्रित भएकोःउपप्रधानमन्त्री पौडेल

Author Avatar साझा न्यूज 26th June 2021 , 2:39 PM
सरकार अहिले कोरोनाबाट जनताको जीवन रक्षामा केन्द्रित भएकोःउपप्रधानमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ताजा जनादेशबाट नै मुलुकले निकास पाउने बताएका छन् ।

प्रतिनिधि सभाले वैकल्पिक सरकार समेत दिन नसकेपछि ताजा निर्वाचनमा जानुपर्ने बाध्यकारी अवस्था आएको पौडेलले स्पष्ट पारे ।
उकालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको शनिवार बुटवलमा उद्घाटन गर्दै पौडेलले निर्वाचनका लागि तयार हुन सबै राजनीतिक दलहरूलाई आग्रह गरे ।

‘लोकतन्त्र र संविधानको प्राण निर्वाचन हो,’ उपप्रधानमन्त्री पौडेलले भने, ‘प्रधानमन्त्रीले नयाँ सरकार निर्माणका लागि मार्गप्रशस्त गर्नुभयो । प्रतिनिधि सभाले पनि वैकल्पिक सरकार गठन गर्न सकेन । त्यही भएर प्रतिनिधिसभा भंग गरी निर्वाचनको मिति तय भएको हो । आउँदो मंसिरमा हुने निर्वाचनले नै मुलुकलाई निकास दिनेछ ।’

नेता पौडेलले थपे, ‘निर्वाचनको तयारीमा सबै लाग्नुहोस् । संविधान निर्माणपछि मुलुकको एउटा मात्र लक्ष्य विकास र समृद्धि होला भन्ने थियो । तर देशमा अनपेक्षित परिदृश्य देखा परे । त्यसैले आउँदो निर्वाचनले देशको विकास, समृद्धि र स्थायित्व दिनेछ । त्यसैले निर्वाचनमा जान दलहरू डराउनु हुँदैन ।’

सरकार अहिले कोरोनाबाट जनताको जीवन रक्षामा केन्द्रित भएको समेत मन्त्री पौडेलले बताए । निर्वाचनसम्म जनतालाई निःशुल्क कोरोनाको भ्याक्सिन उपलब्ध गराएर माक्स विना मतदान गर्ने वातावरण सरकारले मिलाउन लागेको मन्त्री पौडेलले बताए ।

कालीगण्डकी तिनाउ डाइभर्सनले रुपन्देही, कपिलवस्तु र नवलपरासीको विकासमा ठूलो महत्त्व राख्ने पौडेलले बताए । आयोजनाको प्रभावकारी कार्यान्वनमा शंका गर्ने ठाउँ अब समाप्त भएको उपप्रधानमन्त्री पौडेलले बताए । ‘यो यस क्षेत्रको ‘गेम चेन्जर’ राष्ट्रिय गौरवको आयोजना हो,’ अर्थमन्त्री पौडेलले भने, ‘आयोजनाले राष्ट्रको मुहार बदल्ने छ । यस क्षेत्रमा कायापलट हुनेछ ।’

आयोजनाबाट १ लाख ७ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । अन्तर जलाधार पानी स्थानान्तरणबाट कालीगण्डकीको पानी तिनाउमा खसालिने छ । यो आयोजनाको परिकल्पना पौडेलले २०६७ सालमा जलस्रोत तथा सिँचाइमन्त्री हुँदा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज