सुनकाे भाउ बढ्याे

sajha
प्रकाशित मिति: २ बैशाख २०७८, बिहीबार १३:११

काठमाण्डाै – सुनचाँदीको भाउ आज बढेको छ ।  

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेर तोलाको ८९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी पनि तोलामा ३० रुपैयाँले बढेर तोलाको १२ सय ९० रुपैयाँमा पुगेको छ । विवाहको लगन बढेसँगै बजारमा सुनको माग बढ्न थालेको छ । सङ्घका अनुसार अहिले दैनिक ४० देखि ४५ किलो सुनको माग आउने गरेको छ ।


२ बैशाख २०७८, बिहीबार १३:११ मा प्रकाशित

 

Loading…