महिलाको हत्या गरी शरीरका अंगहरु बेचविखन गर्ने गिरोह पक्राउ

sajha
प्रकाशित मिति: ३ बैशाख २०७८, शुक्रबार १८:५७

नारद कोहार
कपिलबस्तु, बैशाख ३
जिल्लामा तान्त्रिक प्रयोजनको लागि महिलाको हत्या गरी शरीरका अंगहरु बेचविखन गर्ने संगठीत गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मानिसको हत्या गरी निजका हातका औंलाहरू ल्याएमा प्रति औला ८० लाख सम्म विक्री हुने भन्ने भ्रमपुर्ण हल्ला विश्वास गरि संगठीत गिरोहले रुपन्देहीको लुम्विनी साँस्कृतिक नगरपालिका वार्ड नं ५ मनहपुर आफ्नो माइती वस्दै आएकी सरजहाँ दर्जीको हत्या गरेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जानकारी दिएका छ ।
विगत १३ बर्ष माइतिघर वस्दै आएकी बर्ष ४२ की दर्जीलाई अब्दुल कलाम मुसलमान र बेलाल अहमद मुसलमानले फोन गरी बोलाएका थिए । मृतक दर्जी लाई चैत्र १२ गते ललाइ फकाइ कपिलवस्तु शुद्धोधन गाउपालिका ३ हर्दिहवामा बोलाई हत्या गरी दुवै हातका औलाहरु काटी लाश बोरामा राखी बेतिया नदीमा फालेका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।
मृतकका हातका औंलाहरू बिक्री वितरण गर्ने प्रयोजनको लागी बिभिन्न व्यक्तीहरुलाई दिई सकेको थियो । मृतकका हातका औंलाहरु बिभिन्न स्थानमा सप्लाई गर्ने तथा राख्ने ब्यक्तीहरुको संगठीत गिरोहलाई कपिलबस्तु प्रहरीले पक्राउ गरी सर्बजानिक गरेको छ ।
प्रकाउ पर्नेमा कपिलवस्तु शुद्धोधन गाउपालिका वडा नं २ नन्दनगर बस्ने ३९ वर्षिय अव्दुल कलाम मुसलमामन, ४५ वर्षिय बेलाल अहमद मुसलमान कपिलवस्तु शुद्धोधन गाउपालिका वडा नं ५का ५५ बर्षिय रामहरव यादव, रुपन्देही सैनामैना नगरपालिका वार्ड नं १ बनकट्टा का बर्ष ६७को कर्ण बहादुर सुनार र नवलपरासी साविक तम्सरिया गाविस वार्ड नं २ हाल मध्यविन्दु नगरपालिका ७ का ६७ बर्षिय खेम बहादुर मल्ल रहेका छन् । उनीहरुमाथि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


३ बैशाख २०७८, शुक्रबार १८:५७ मा प्रकाशित

 

Loading…