नेपालमा पछिल्लो २४ घण्टामा ८४३ जना कोरोना संक्रमित थपिए,

sajha
प्रकाशित मिति: ४ बैशाख २०७८, शनिबार १६:५३

काठमाडौँ ।नेपालमा पछिल्लो २४ घण्टामा ८४३ जना कोरोना संक्रमित थपिएका छन्।

जसमध्ये ७ सय ६८ जना पीसीआर र ७५ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ।

 शनिबार २२६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप पाँच जनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७५ पुगेको छ।


४ बैशाख २०७८, शनिबार १६:५३ मा प्रकाशित

 

Loading…