बस दुर्घटना हुँदा तीन जनाको ज्यान गयाे

sajha
प्रकाशित मिति: ५ बैशाख २०७८, आईतवार ११:११

नवलपरासी – पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको नवलपुर दाउन्नेमा भएको बस दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

दुर्घटनामा घाइते भएका ईलाम बस्ने २५ वर्षीय धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका-५, घर भएर विनयी त्रिवेणी गाउँपालिका-२, गुम्बामा बस्ने ५७ वर्षीय ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका-२५, बस्ने ७२ वर्षीय हिमलाल न्यौपानेको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २८ जनाको भरतपुर र नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिनुभयो । ना ५ ख ७००० नम्बरको बस हिजो बेलुका नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-२, दाउन्नेमा दुर्घटना भएको थियो । 


५ बैशाख २०७८, आईतवार ११:११ मा प्रकाशित

 

Loading…