सुनको मूल्यमा सामान्य वृद्धि,चाँदीको स्थिर

sajha
प्रकाशित मिति: ५ बैशाख २०७८, आईतवार १२:१३

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

शुक्रबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा २ सय रुपैयाँले बढेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य तोलाको ९० हजार २ सय रुपैयाँ रहेको छ । यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोलामा एक हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।


५ बैशाख २०७८, आईतवार १२:१३ मा प्रकाशित

 

Loading…