अपडेट: कपिलवस्तु दुर्घटनामा थप एकको ज्यान गयो

sajha
प्रकाशित मिति: ७ बैशाख २०७८, मंगलवार २०:२७

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ मा बस र ट्रक ठोक्किइ भएको दुर्घटनामा मंगलबार थप एकजनाको ज्यान गएको छ । दुर्घटनामा घाइते भएकाको बुटवलको चौराहा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

ज्यान गुमाउनेमा अन्दाजी ४० वर्षीय खुरबाङ खडका रहेको बुझिएको छ । खड्का सहित सो दुर्घटनामा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । बिहान १०ः५० बजेको समयमा बुटवलबाट कृष्णनगर जाँदै गरेको लु१ख ५६८४ नम्बरको बस र विपरित दिशाबाट आएको ना४ख ३०१२ नम्बरको ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा २६ जना घाइते भएका छन् ।

कपिलवस्तु प्रहरीका डिएसपी धर्मराज भण्डारीका अनुसार ६ जना घाइतेको अवस्था गम्भीर रहेको छ ।


७ बैशाख २०७८, मंगलवार २०:२७ मा प्रकाशित

 

Loading…