१४० जनाको परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि

sajha
प्रकाशित मिति: ७ बैशाख २०७८, मंगलवार २१:५३

वीरगञ्ज , बैशाख ७ गते । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको गरिएको १४० जनाको आरटी पिसिआर परीक्षणमा एक ६ वर्षिय बालक सहित ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पताल कोभिड संयोजक डाक्टर सरोज रोशन दासले मंगलबार १४० जनाको स्वावको आरटी पिसिआर परीक्षण गर्दा एक ६ वर्षिय बालक सहित ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनु भयो ।

मंगलबार गरिएको परिक्षणमा संक्रमण पुष्टी हुनेमा पर्साका ७६ जना , बाराका ९ जना, सर्लाहीका ३ जना , रौतहट , मकवानपुर र सप्तरीका १÷१ जना रहेका छन् । संक्रमण पुष्टि भएका पर्सा जिल्ला बाहेक अन्यत्र स्थायी घर भएपनि उनीहरुको स्वाव नमूना वीरगञ्जमा नै संकलन गरिएको अस्पतालले जनाएको छ । ६ वर्षदेखि ७९ वर्ष उमेर समुहका थपिएका संक्रमितमध्ये ५५ जना पुरुष र ३६ जना महिलामा रहेका छन् ।

नारायणी अस्पताल कोभिड संयोजक डाक्टर सरोज रोशन दासले भन्नुभयो ‘पछिल्लो केही दिन यताका परिक्षणहरुमा आधाभन्दा बढीमा नै संक्रमण पुष्टि हुनुले स्थिति खराब बन्दै गएकोे , समुदायमा नै फैलिसकेको स्पष्ट हुन्छ । ’ यसअघि सोमबार १४१ परीक्षण गर्दा ७८ जना आईतबार ९६ परीक्षण गर्दा ६१ जना , शनिबार ९० परीक्षण गर्दा ४५ जना , शुक्रबार ९४ परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको थियो ।
नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ गते देखि बैशाख ७ गते सम्म गरिएको ९०९ जनाको पिसिआर परीक्षणमा ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमितहरुको संक्रमण सार्न सक्ने सिटी भ्यालु १४.२ देखि ३५.५ सम्म रहेको छ । सामान्यतः सिटी भ्यालु २९ देखि माथि भएमा संक्रमितबाट संक्रमण छिटो नसर्ने बताईन्छ ।

नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासका अनुसार ३९ जना संक्रमितहरु वीरगञ्जका बिभिन्न अस्पतालमा उपचाररत रहेका छन् भने बाँकि संक्रमितहरु सेल्फ होम आईसोलेसनमा रहेका छन् । उपचाररत ३९ जना संक्रमितहरुमध्ये नारायणी अस्पतालमा ३० जना र नारायणी बयोधा अस्पतालमा ९ जना रहेको उहाँले जानकारी दिनु भयो । ४२ बेडको आईसोलेसन रहेको नारायणी अस्पतालमा ३० जना पुगी सकेका छन् जबकी त्यहा स्वास्थ्यका कडा समस्या देखिएपछि मात्र भर्ना गरी उपचार सुरु गरिन्छ । सामान्य लक्षण भएका संक्रमितहरु होम आईसोलेसनमा रहेको नारायणी अस्पतालका संक्रमितहरुको उपचारमा संलग्न एक चिकित्सकले बताउनु भयो ।


७ बैशाख २०७८, मंगलवार २१:५३ मा प्रकाशित

 

Loading…