Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाल मन्दिरका ४५ बालबालिकाले १० दिनमै कोरोनालाई जिते

Author Avatar Sajha News 5th June 2021 , 10:21 AM
बाल मन्दिरका ४५ बालबालिकाले १० दिनमै कोरोनालाई जिते

काठमाडौँ : बाल मन्दिर नक्साल र सिफलका ४५ जना बालबालिका शुक्रबार कोरोना संक्रमणमुक्त भएका छन् । उनीहरूमा जेठ १० मा कोरोना देखिएको थियो । त्यही दिन देशभरि ६ सय ८० बालबालिकामा कोरोना पुष्टि भएको थियो । जसमा ९ वर्षमुनिका मात्रै १ सय ७३ जना थिए ।

बाल मन्दिरका ४६ बालबालिका र ७ कर्मचारीलाई कोरोना देखिएपछि कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले सञ्चालन गरेको आइसोलेसनमा राखिएको थियो । १० दिन उपचारपछि एन्टिजेन विधिबाट स्वाब परीक्षण गर्दा उनीहरूको रिपोर्ट नेगेटिभ आएको हो । उनीहरू शनिबार बाल मन्दिर फर्कंदै छन् । ४ देखि १६ वर्षसम्मकामा कोरोना पुष्टि भएको थियो । आइसोलेसनमा रहेका ५३ जनामध्ये ५२ जना कोरोनामुक्त भएको केन्द्रका कोभिड संयोजक डा. जितेन्द्र श्रेष्ठले बताए ।

‘निको भएपछि उहाँहरू खुसी हुनुहुन्छ, बेलुका पनि नाचगान गरेर खुसियाली गर्नुभयो,’ उनले भने, ‘शनिबार डिस्चार्ज गरी पठाउँदै छौं ।’ एकै पटक धेरै बालबालिकालाई निको पारेर पठाउन पाउँदा खुसी लागेको केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार यादवले बताए । ‘उहाँहरूलाई हामीले उत्पादन गरेको आयुर्वेद औषधि नियमित खुवायौं,’ उनले भने, ‘१० दिनमा एन्टिजेनबाट परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आयो ।’

केन्द्रका डा. अमितमान जोशीको टोलीले तयार गरेको औषधिमा मह मिसाएर बालबालिकालाई बिहान र बेलुका खुवाइएको श्रेष्ठले बताए । उनीहरूको स्वास्थ्य अवस्था जाँच गर्न कान्ति बाल अस्पतालका मनोचिकित्सकका टोली पनि नियमित पुग्ने गरेका थिए ।

उनीहरू निको भएको दिन शुक्रबार देशभर ५ सय ८० जना बालबालिकालाई कोरोना पुष्टि भएको छ । यसमा १० वर्षमुनिका मात्रै १ सय २६ जना संक्रमित भएका छन् । ‘पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित हुने बालबालिकाको संख्या बढी छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं बालरोग विशेषज्ञ डा. कृष्ण पौडेलले भने, ‘अर्को लरहमा अझ बढी हुन सक्ने आकलन गरेका छौं ।’

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पहिलो र दोस्रो लहरमा ४६ हजार ३ सय ४४ जना बालबालिका संक्रमित भइसकेका छन् । यो संख्या कुल संक्रमितको ७.९६ प्रतिशत हो । कोरोनाकै कारण अहिलेसम्म ६० जना बालबालिकाले ज्यान गुमाएका छन् । संक्रमित बालबालिकामध्ये ९ वर्षसम्मका मात्रै १३ हजार ४ सय १ जना छन् ।

पहिलो लहरको १२ महिनामा २१ हजार ५ सय २३ जना बालबालिका कोरोना संक्रमित भएका थिए भने ३८ जनाले ज्यान गुमाएका थिए । दोस्रो लहर सुरु भएको साढे दुई महिनामा २४ हजार ८ सय २१ जना बालबालिका संक्रमित भइसकेका छन् भने २२ जनाले ज्यान गुमाएका छन् । दोस्रो लहर सुरु भएको चैत २ देखि बिहीबारसम्म ४ वर्षसम्मका २ हजार ५ सय १० जना, ५ देखि ९ वर्षसम्मका ४ हजार ४ सय ३४ जना बालबालिका संक्रमित भइसकेका छन् । पहिलो र दोस्रोभन्दा पनि तेस्रो लहर बालबालिकाका लागि अझ जोखिम रहेको कान्ति बाल अस्पतालका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी बिच्छाले बताए ।

पहिलो लहरमा मृत्यु हुनेमा पनि ७० वर्षमाथिका बढी थिए भने दोस्रो लहरमा ५० देखि ६९ वर्षका बढी छन् । १८ वर्षमाथिका नागरिकलाई खोप लगाइरहेकाले अर्को लहरमा उनीहरूलाई जोखिम कम हुन सक्ने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले बताए । ‘बालबालिकाका लागि खोप बनेकै छैन, त्यसैले पनि अरू उमेर समूहभन्दा १८ वर्षभन्दा मुनिका समूह बढी जोखिममा छन्,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयले देशभरका स्वास्थ्य संस्थालाई २० प्रतिशत बेड बालबालिकाका लागि छुट्याउन निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूलाई अस्पतालमा बालबालिकाका लागि शय्या छुट्याउन भन्दै परिपत्र गरेको हो ।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गरेको पत्रमा छ, ‘पुनः तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न हुन अनुरोध छ ।’ कान्तिपुरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज