Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

महाव्याधिमा मुसहरलाई धुर्मुस सुन्तलीको स्नेह

Author Avatar Sajha News 6th June 2021 , 9:55 AM
महाव्याधिमा मुसहरलाई धुर्मुस सुन्तलीको स्नेह

बर्दिबास : कोभिड-१९ महाव्याधिले घरमै जकड्याएर राखेका बेला महोत्तरीको बर्दिबास-१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका मुसहरले धुर्मुस सुन्तलीको स्नेह पाएका छन् ।

महाव्याधि छल्न जिल्लामा जारी निषेधाज्ञाबीच कतै काममा निस्कन नपाएर जकडिएका मुसहरलाई धुर्मुस सुन्तली फाउण्डेशनले खाद्यान्न राहत पुर्‍याएर दुःखमा साथ दिएको हो । शनिबार साँझ फाउण्डेशनका अध्यक्ष हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले ७० परिवार मुसहरलाई तत्कालको राहतका लागि खाद्यान्न वितरण गर्नुभयो ।

बस्तीका ७० परिवारले चामल, दाल, नुन, तेलसहित पुगनपुग एक महिना चल्ने सामग्री पाएका छन् । “घरघरै ३० किलो चामलको एक/एक बोरा पाएका छौं”बस्तीकी आशा सादाले भन्नुभयो, “त्यसैअनुसार दाल, खानेतेल, नुन र चिउरा, दालमठ र बिस्कुट पनि पोकामा रहेछ, अब खानबिना मरिदैन ।” धुर्मुस , सुन्तली (हास्य कलाकार कुञ्जना घिमिरे) त आफ्नालागि देउताजस्तै भएका बस्तीका मुसहर बताउँछन् । अहिले महाव्याधिका बेला घरमा जकडिएर बस्नु परेका बेला दुःखका समयमा धुर्मुस आउनु भएको बस्तीकी मनिता सादा बताउनुहुन्छ ।

पराले झुप्रामा दुःख कष्टले जीवन धानेका यो बस्तीका ५० परिवार मुसहर र अन्य समुदायका दुई परिवारले २०७४ सालको नयाँ वर्षका दिन (वैशाख १ गते) खानेपानी धारा, बिजुली र शौचालय सुविधासहितको पक्कीघर धुर्मुस सुन्तली फाउण्डेशनबाट पाएका थिए । त्यतिखेर ५० घरपरिवार रहेका मुसहर अहिले छुट्टिदै गएर ७० परिवार बनेका छन् । फाउण्डेशनले निर्माण गरेको बस्तीभित्र भ्युटावर, वालउद्यान र मुसहरका कुलदेवता दिनाभद्रीको मन्दिरसहित बनेको छ ।

पहिलोपटक २०७२ को हिउँदमा सरसफाई दूत बनेर बर्दिबास पुग्नु भएका हास्य कलाकार धुर्मुस सुन्तलीले पराले झुप्राको मुसहर बस्ती हेर्नु भएको थियो । पहिलो अवाईमै मुसहरसँग आत्मीय लगाव बढेपछि पटकपटक बस्ती पुगेर फाउण्डेशनले मुसहरमा सरसफाई, शिक्षा र स्वास्थ्यबारे सचेतना बढाएको थियो ।

बर्दिबासका मुसहरको गरिबी, निर्दोषता र अत्यन्त पछौटेपन देखेर द्रवित हुनु भएका धुर्मुस सुन्तली दम्पतिले एकीकृत नमुना बस्ती बनाएर पक्कीघरमा यिनीहरुलाई राख्ने सङ्कल्प गर्नुभयो । यसैअनुसार २०७३ माघमा निर्माण शुरु गरेर ९० दिनभित्रै मुसहरले पक्कीघर पाएका थिए ।

“अब त धुर्मुस सुन्तली आफ्नै परिवारको मुख्य गारिजन (अभिभावक) हुनुहुन्छ भन्ने लाग्छ, उहाँहरु बर्सेनी भेटघाट गर्न, चाडपर्व मनाउन बस्ती आउनुहुँदा खुशीको माहोल (वातावरण)बन्छ” बस्तीका अगुवा बिल्टु सादा भन्नुहुन्छ, “अब त हाम्रा ससाना नानीहरुले पनि घरका बाबुआँमालाई दङ्ग्याए जसरी नै उहाँहरु दुबैसँग बिभिन्न फर्मायस गर्छन् ।”

धुर्मुस सुन्तलीसँगको उठबसले बस्तीका मुसहरले नयाँ पक्कीघरमात्र नभएर पक्की मन पनि पाएका बर्दिबास-१४ का वडाअध्यक्ष भरत हमाल बताउनुहुन्छ । “पक्की घरमात्रको कुरा हैन, खाने, बस्ने संस्कार पनि मुसहरले पाएका छन्” हमाल भन्नुहुन्छ, “उज्यालो हुनासाथ खुर्पी (माटो खन्ने सानो औजार) लिएर मुसा खोज्न हिंड्ने मुसहर वालवालिका अब विद्यालय जान लागेका छन् ।” बस्तीका मुसहरमा सरसफाई, स्वास्थ्य र शिक्षाबारे जागरुकता बढ्नसँगै आफ्ना आवश्यकताका कुरा सम्वन्धित निकायसम्म पुर्‍याउने आँट बढेको हमाल बताउनुहुन्छ ।

बस्तीका वालवालिका विद्यालय जाने , बस्तीका बासिन्दा बिभिन्न आयमूलक काममा लागेका र सामाजिक चासोबारे कुरा गर्ने बनेको देख्दा सन्तोस लाग्ने गरेको हास्य कलाकार धुर्मुसको भनाइ छ । बस्तीको सकारात्मक परिवर्तनले मन आल्हादित बनाउने गरेको धुर्मुसले बताउनुभयो ।

“बस्ती निर्माण क्रमसँगै भावनात्मक सम्वन्ध बढ्यो, त्यसयता चाडपर्वका बिभिन्न अवसर र आफ्नै खुशी बाँड्न पनि बस्ती आउने गरेका छौं” धुर्मुसले भन्नुभयो । आफ्नै खुशी भनेको कुञ्जना र आफ्नो जन्मदिनको रमाइलो मुसहर वालवालिकासँगै केही वर्ष मनाइएको धुर्मुसले स्पष्ट पार्नुभयो ।

धुर्मुसले पछिल्लोपटक आफैंले निर्माण गर्नुभएको बर्दिबास मुसहर बस्तीका ७० परिवार र रौतहटको चन्द्रपुर नगरपालिकाको सन्तपुरस्थित बस्तीका ५० परिवारलाई हिजो शनिबार साँझ खाद्यान्न पुर्‍याउनु भएको हो । file photo

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

रसुवा बाढी : ६६९ जनाको शव फेला

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भर्खरै प्रकाशित

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज