Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

१६ करोडको राजस्व छली, दश जनाविरुद्ध मुद्दा

Author Avatar साझा न्यूज 7th June 2021 , 8:42 PM
१६ करोडको राजस्व छली, दश जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले झण्डै रु १६ करोड बिगो बराबरको राजस्व छली गर्ने १० जनाविरुद्ध मुद्दा चलाएको छ, जसमा एक जना भारतीय नागरिक पनि छन् । उनीहरुले भन्सार छली एवम् झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बिजक प्रयोग गरी राजस्व चुहावट गरेको तथ्यको आधारमा उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बिजक सुनसरीको धरान उप-महानगरपलिका-१२ बस्ने ग्लोबल इम्पेक्स इन्टरनेशनलका प्रोपाइटर किसनकुमार अग्रवालले रु चार करोड ४२ लाख बिगो बराबरको राजस्व छली गरेको विभागको अभियोग छ । उक्त बिगो असुल गरी जरिवाना र कैद सजायको माग लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले सोमबार एक सूचना जारी गरी जनाएको छ ।

उनले मालवस्तु स्थानीय खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाई विभिन्न फर्मलाई विक्री बीजक जारी गरी उक्त फर्मबाट बिक्री रकम भुक्तानी लिई सो बीजकमार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको पाइएको छ । साथै उनले विभिन्न फर्मलाई नक्कली एवं झुट्टा बिजक उपलब्ध गराई जालसाजीसमेत गरेको आरोप लगाइएको छ ।

सोही ठाउँका एसएन इन्टरनेशनलका सञ्चालक रामनिवास अग्रवालमाथि विभागले अहिले मुद्दा चलाएको छ । उनले चार करोड ५२ लाख बिगो बराबरको राजस्व छली गरेको अनुसन्धानमा खुलेको छ । अग्रवालमाथि मालवस्तु खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाई विभिन्न फर्मलाई विक्री बीजक जारी गरी उक्त फर्मबाट बिक्री रकम भुक्तानी लिई सो बीजकमार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको आरोप छ ।

उता रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ का श्यामकुमार वानियासमेत दुई जनामाथि रु पाँच करोड ५० लाख राजस्व चुहावट गरेको आरोप छ । उनीहरुले विदेशी मुलुकबाट नेपालमा पैठारी हुने मालवस्तुको भन्सार जाँचपास नगराई राजस्व चुहावट गरेका थिए ।

विभागका अनुसार पर्साको वीरगञ्जस्थित भुसा सप्लायर्सका सञ्चालक दिपेन्द्रप्रसाद कलवारसहित ४ जनाले रु एक करोड विगो बराबरको भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेका छन् । उनीहरु विरुद्ध उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा मुद्दा दायर गरिएको छ ।

विल विजक नै जारी नगरी आयकर छली गर्ने भारत स्थायी वतन भई हाल काठमाण्डौ-१४ कुलेश्वर बस्ने सत्यनारायण प्रसादले पनि झण्डै रु १ करोड राजस्व छली गरेका छन् । यस्तै रौतहत वृन्दावन नगरपालिका-६ बस्ने अमनकुमार तिवारीले भन्सार चोरी गरी रु ४० लाख राजस्व चुहावट गरेको विभागले जारी गरेको सूचनामा जनाइएको छ । आरोपीविरुद्ध नजिकका उच्च आदालतमा मुद्दा चलाइएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

जवाफ दिन रोष्ट्रममा प्रधानमन्त्री, विपक्षीले गरे नियमापत्ति

जवाफ दिन रोष्ट्रममा प्रधानमन्त्री, विपक्षीले गरे नियमापत्ति

बुद्ध परिपथ क्षेत्रको समग्र विकासका लागि GLAD परियोजना सम्झौता

बुद्ध परिपथ क्षेत्रको समग्र विकासका लागि GLAD परियोजना सम्झौता

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज