Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गाउँपालिकको समग्र विकासमा संचार क्षेत्रको अहम भूमिका: अध्यक्ष थापा

Author Avatar साझा न्यूज 7th June 2021 , 9:33 PM
गाउँपालिकको समग्र विकासमा संचार क्षेत्रको अहम भूमिका: अध्यक्ष थापा

–नारद कोहार, कपिलबस्तु

विजयनगर गाँउपालिकाको सामग्र विकासका लागि योजना बनाएर काम गरिरहेको अध्यक्ष थापाले बताए । गाँउपालिकाले आ.व.०७७/०७८ को समक्षिा तथा ०७८÷७९ को पत्रकारहरु संग राय सुझाव कार्यक्रममा उनले सो कुरा बताउनु भएको छ ।

गाउँपालिकाले प्रत्येक बर्ष संचारका लागी बजेट विनियोजन गर्दै जिल्लाका संचार माध्यमलाई सम्बोधन गर्दै आएको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए । अध्यक्ष थापाले गाउँपालिकको समग्र विकासमा संचार क्षेत्रको अहम भूमिका रहेको जनाउदै ,संचार माध्यमले खेलेको सकारात्मक भूमिकाले गाउँपालिकामा सुशासन पार्दर्शिता र जवाफदेहिता रहेको बताए ।

कार्यक्रममा अध्यक्ष थापाले गाउँपालिकाको समग्र विकासका लागी सबै जनप्रतिनिधी लागि परेको बताए । मानव सुचाङकमा निकै तल रहेको गाउँपालिकामा शिक्षा, सवास्थ्य, खानेपानी, समाजिक क्षेत्रमा र युवाहरुका लागि विभिन्न सिपमूलक तालिमहरु हरेक बर्ष संचालन गर्दै आइरहेको बताए ।

छात्राहरुले कक्षा छाड्ने दर धेरै रहेकोले सो दर घटाउन छात्राहरुलाई शिक्षामा विशेष प्रोत्साहन गर्न कक्षा ६ मा पढ्ने छात्रालाई १ बर्षलाई पुग्ने शैक्षिक सामाग्री वितरण गरिएको, कक्षा ९ ,१० र ११ मा पढ्ने छात्राहरुलाई साइकल वितरण गरिएको थापाले बताए । मुस्लिम छात्राहरुको शिक्षामा पनि गाउँपालिकाले विशेष जोड दिएको अध्यक्ष थापाले बताए । मुस्लिम छात्राहरुका लागि १ करोडको लागतमा गल्र्स होस्टेल निर्माण गरिएको उहाँले बताए ।

हिलो र धुलो रहित गाउँपालिका सडक निर्माणका काम भइरहेको नदिहरुमा झुलुङे पुल निर्माण भइसकेको थापाले बताए । कोरोना नियन्त्रण र रोकथाममा गाउँपालिकाले हरेक गाउँमा शिक्षकहरुलाई खटाई स्वास्थ्य सुरक्षा सम्बन्धि जनचेतना फैलाउने काम भएको बताए । गाउँपालिकामा २ वटा बर्थिङ सेन्टर संचालनमा रहेको १ वटा निर्माण सम्पन्न भइ संचालनको चरणमा रहेको अध्यक्ष थापाले जानकारी दिए ।

सोही क्रममा जनता संग प्रत्यक्ष सरोकार राख्ने र आम नागरिकको आर्थिक उन्नतीमा प्रभाव पार्ने खालका योजना र कार्यक्रम संचालन गर्नु पर्ने नेपाल पत्रकार महासंग लुम्बिनी प्रदेश सदस्य चिन्ता परियारले बताए । सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेश अध्यक्ष राजु खरालले गाउँपालिकाले सुरु गरेर अधुरै रहेका कामहरु पुरा गर्नु पर्ने बताए । गाउँपालिकाले संचार निति बनाएर संचार क्षेत्रको विकासमा नयाँ आयाम थप्नु पर्ने उनले बताए ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा अध्यक्ष किरणमान बज्राचार्यले विकट गाउँपालिका सुगम बन्दै गइरहेको बताउनु भयो । गाउँपालिकाले पर्यटन प्रर्वद्धनका लागी विशेष जोड दिनु पर्ने जवाबैराठमा निर्माणाधिन रहेको होमस्टे संचालनमा जोड दिनु पर्ने नेपाल पत्रकार महासंघ कपिलबस्तुका अध्यक्ष किरणमान बज्राचार्यले बताए । संचार कर्मी र संचारगृहको प्रर्वद्धनका लागि अहिलेको बजेट फरक खालको कार्यक्रम ल्याउनु पर्ने जिल्लाका सबै संचारगृह अटाउने बजेट ल्याउन आग्रह उनले आग्रह गरे ।

गाउँपालिकाको समग्र विकासका लागी के कस्ता कार्यक्रम संचालन गर्दा प्रभावकारी हुन्छ भन्ने विषयमा गाउँपालिकाले पत्रकार संग सुझाव लिएको हो । सधै केहि फरक गर्ने विजयनगर गाउँपालिकाले जिल्लामा पहिलो पटक पत्रकार संग राय सुझाव संकलन गरेको छ ।

गाउँपालिकाको सभाहलमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै सम्पन्न राय सुझाव संकलन कार्यक्रममा पत्रकार विभिन्न संचार गृहका प्रमुख एवम् प्रतिनिधि लगायतले गाउँपालिकालाई सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रसुवा बाढी : ६६९ जनाको शव फेला

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाल प्रहरीको सक्रियता

जसपाको कारबाहीले हल्लियो लुम्बिनी सत्ता

जसपाको कारबाहीले हल्लियो लुम्बिनी सत्ता

सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन खेती

सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन खेती

नारायणगढ-मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द हुने, दिनमा पाँच पटक मात्र खुल्ने

नारायणगढ-मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द हुने, दिनमा पाँच पटक मात्र खुल्ने

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भर्खरै प्रकाशित

रसुवा बाढी : ६६९ जनाको शव फेला

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

बुद्धभूमिमा ७३० घरपरिवारले पाए गाउँब्लकको लालपुर्जा

बुद्धभूमिमा ७३० घरपरिवारले पाए गाउँब्लकको लालपुर्जा

दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला

दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाल प्रहरीको सक्रियता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज