Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

वार्ता र सहमतिको बाटो अवलम्बन गरिए मात्र सकारात्मक परिणाम आउँछः नेता नेपाल

Author Avatar साझा न्यूज 7th June 2021 , 9:44 PM
वार्ता र सहमतिको बाटो अवलम्बन गरिए मात्र सकारात्मक परिणाम आउँछः नेता नेपाल

काठमाडौं। नेकपा (एमाले) बाट निष्काशित नेता माधवकुमार नेपालले आफूहरुले यसअघि वैशाख ७ र २६ गते अगाडि सारेका माग मुद्दाको सुनुवाईका लागि वार्ता र सहमतिको बाटो अवलम्बन गरिएमात्र सकारात्मक परिणाम आउने बताउनुभएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आइतबार अपरान्ह गर्नुभएको पार्टी एकताको आव्हानको सोमबार साँझ जवाफ दिनुहुँदै नेता नेपालले सो कुरा बताउनुभएको हो । सोमबार दिउँसो बसेको सो पक्षको स्थायी कमिटीको बैठकको निस्कर्षमा आधारित भएर नेता नेपालले आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सोमबार ६ बुँदे धारणासहित पार्टी एकताको आव्हानकानिम्ति असन्तुष्ट पक्ष नेपाल–खनाले पक्षलाई आव्हान गर्नुभएको थियो । नेता नेपालले आज त्यसको जवाफ पनि ६ बुँदामै दिनुभएको छ । जवाफमा नेता नेपालले भन्नुभएको छ, “हामी सार्थक वार्ता, सिद्धान्तनिष्ठ एकता र मेलमिलापको पक्षमा रहँदै आएका छौं । अन्तिम घडीसम्म यस सम्बन्धमा हाम्रो सकारात्मक प्रयास जारी रहने छ ।”

नेपाल कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत पार्ने सबै प्रकारका षडयन्त्रहरु पराजित हुनुपर्छ भन्ने दृढ मान्यता आफूहरुको रहेको नेता नेपालले चर्चा गर्नुभएको छ । उहाँले थप्नुभएको छ, “हामीले पार्टी एकता, देशमा राजनीतिक स्थायित्व र जनताको हितलाई सर्वोपरी राख्दै एमालेको नवौं महाधिवेशनको निर्णय एबम् पार्टी विधानअनुरुप पार्टी संगठनलाई पूर्ववत सञ्चालन गरौं भनी राखेको प्रस्ताव अत्यन्त रचनात्मक छ ।”

नेता नेपालले जवाफमा प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिने शर्त अघि सार्नुभएको छ । फिर्ता लिएमा समस्या समाधान हुने बताउनुभएको छ । पार्टीका सबै संगठनहरु २०७५ जेठ २ अगाडिको संरचनामा कायम गर्नुपर्ने माग नेता नेपालले पुनः दोहो¥याउनुभएको छ । त्यस्तै, पार्टी नेताहरुलाई गरिएको सबै किसिमको कारवाही फुकुवा हुनुपर्ने माग नेपालले गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सशस्त्र र भन्सारको संयुक्त टोलीद्वारा सिमा नाकाबाट २१८ बोरा भारतीय युरिया मल बरामद

सशस्त्र र भन्सारको संयुक्त टोलीद्वारा सिमा नाकाबाट २१८ बोरा भारतीय युरिया मल बरामद

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरु

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरु

दानबहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्त

दानबहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्त

राउण्ड धवलागिरी पदयात्रामा अलपत्र परेका १५ जना पर्यटकको उद्धार

राउण्ड धवलागिरी पदयात्रामा अलपत्र परेका १५ जना पर्यटकको उद्धार

नारायणगढ–मुग्लिन सडक सञ्चालन

नारायणगढ–मुग्लिन सडक सञ्चालन

जिफन्ट केन्द्रीय उपाध्यक्ष गौतमको निधन

जिफन्ट केन्द्रीय उपाध्यक्ष गौतमको निधन

भर्खरै प्रकाशित

सशस्त्र र भन्सारको संयुक्त टोलीद्वारा सिमा नाकाबाट २१८ बोरा भारतीय युरिया मल बरामद

सशस्त्र र भन्सारको संयुक्त टोलीद्वारा सिमा नाकाबाट २१८ बोरा भारतीय युरिया मल बरामद

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरु

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरु

दानबहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्त

दानबहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्त

महिला क्रिकेटरले भारतमा अभ्यास खेल खेल्ने

महिला क्रिकेटरले भारतमा अभ्यास खेल खेल्ने

बेपत्ता भएकी बालिकाको शव मर्थी खोलमा फेला

बेपत्ता भएकी बालिकाको शव मर्थी खोलमा फेला

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज