Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

यौन दुर्व्यवहारमा परेकी राउटे युवतीलाई मृत्युदण्ड हुने डर

Author Avatar साझा न्यूज 8th June 2021 , 11:23 AM
यौन दुर्व्यवहारमा परेकी राउटे युवतीलाई मृत्युदण्ड हुने डर

सुर्खेत । अन्य समुदायसँग सम्पर्कमा बस्न नरुचाउने लोपोन्मुख राउटे समुदायका दुई युवतीमाथि भएको यौन दुव्र्यवहार र अश्लिल भिडियो सार्वजनिक भएपछि ती युवतीको ज्यानकै खतरा बढेको छ ।

आफूलाई जंगलको राजा ठान्ने राउटे समुदायको आफ्नै धर्म, कला संस्कृति र रीतिरिवाज छ । उनीहरु नियम र कानून पनि आफ्नै मान्छन् ।
उनीहरुका लागि देशको संविधान र कानून भन्दा मुखियाको आदेश ठूलो हुन्छ । आफ्नै अलिखित संविधान मान्ने यो समुदायको कानून झनै कठोर छ । परम्परादेखि मानिआएको कानूनमा मृत्युदण्डको सजाय समेत दिनसक्ने व्यवस्था छ ।

यस्तो कठोर कानून भएको राउटे समुदायका दुई युवतीको अश्लील भिडियो नै भाइरल भएपछि अहिले पीडित युवतीलाई कसरी बचाउने भन्ने चिन्ता बढ्न थालेको छ ।

आइतबार बिहानै राउटे युवतीहरूमाथि गुर्भाकोट सुर्खेतका केही युवाहरूले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि पीडित युवतीहरु राउटे समुदायबाट नै मारिने डर पैदा भएको छ ।

आफना छोरीचेली, अन्य समुदायका पुरुषसँग बोलेमात्रै पाप ठान्ने यो समुदायका लागि यौन दुर्व्यवहार त जघन्य अपराध रहेको राउटे समुदायका जानकारहरु बताउछन् । ठूलो गल्तीलाई माफी नदिने यो समुदायले यौन दुव्र्यवहारका घटना थाहा पाए नस्वीकार्ने जानकारहरुको भनाइ छ । यस्तोमा मृत्युदण्डको सजाय हुन सक्छ । सजाय पाउनेलाई घरेलु हतियार प्रयोग गरेर मारिहाल्छन् ।

पीडित युवतीहरू आफ्नै समुदायबाट असुरक्षित भएपछि भाइरल भिडियो राउटे समुदायसम्म पुग्न नदिन प्रहरीले बाहिरी व्यक्तिहरुको आउजाउमा सख्त कठाइ गरेको छ ।

घटना थाहा पाउन सक्ने भएकै कारण पीडितसँग बयान समेत नलिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीले बताउनुभयो । स्वास्थ्य परीक्षण गर्न सक्ने अवस्था नहुँदा अनुसन्धानमा समेत समस्या भएको उहाँले बताउनुभयो ।

घटना सार्वजनिक भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैंले पहलकदमी गर्नुभएको छ ।

परामर्श दिने उदेश्यले उहाँले राउटेका मुखियालाई बोलाउनुभएको छ । तर उनलाई पछिल्लो घटनाका बारेमा कुनै जानकारी गराइएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु

सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु

पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

भर्खरै प्रकाशित

सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु

सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु

बाँकेमा असोजमा १२७ मुद्दा दर्ता

बाँकेमा असोजमा १२७ मुद्दा दर्ता

दशैँको सराय नाचमा कपिलवस्तुको चन्द्रौटामा सामाजिक सद्भावको उदाहरणीय नमुना

दशैँको सराय नाचमा कपिलवस्तुको चन्द्रौटामा सामाजिक सद्भावको उदाहरणीय नमुना

आज कोजाग्रत पूर्णिमा मनाइँदै, कात्तिक स्नान सुरु

आज दशैँको अन्तिम दिन, महालक्ष्मीको पुजाआराधना गरी समापन गरिँदै

एनपीएलका खेलहरूलाई आइसीसीबाट ‘लिस्ट ए टी-२०’को मान्यता

एनपीएलका खेलहरूलाई आइसीसीबाट ‘लिस्ट ए टी-२०’को मान्यता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज