-नारद कोहार, कपिलबस्तु
यो दृश्य हो कपिलबस्तुको भारतीय सिमासंग जोडिएको मार्यादपुरको । जहाँ एउटा बालिकाकाले सडक किनारमा अदुवा बेचिरहेकी छन् । अदुवा बाटोमा बसेर बेच्नु उनको वाध्यता होला। तर यो बालश्रम नै हो।
कपिलवस्तु जिल्लामा बालबालिकाको क्षेत्रमा दर्जन भन्दा बढि संघ- संस्थाले काम गर्दै आइरहेको देख्न सकिन्छ।
दाताहरुको सहयोगमा विभिन्न संग संस्थाहरु काम गर्दै छन् । तर त्यो कार्यक्रमहरु विभिन्न गोष्ठी, सेमिनारमा मात्र सिमित भएको देखिन्छ । यस तर्फ कसैको ध्यान जना सकेका छैन ।
अवलोकन गर्ने हो भने यो अदुवा बेच्ने बालिका प्रतिनिधि पात्र मात्र हुन यस्ता बालबालिकाहरु विभिन्न क्षेत्रमा बालश्रम गरेको पाइन्छ । कहाँ छन मानव अघिकारवादी टर्च लिएर खोज्नु पर्ने भएको छ।
बालबालिकाको क्षेत्रमा लाखौ खर्च गरेर कार्यक्रमहरु सञ्चालन भएका हुन्छन्, तर सो कार्यक्रम भाषण र प्रतिबद्धतामा मात्र सिमित रहेको देखिएको छ ।
विभिन्न भाषणहरुमा बालबालिका क्षेत्रमा काम गर्ने संघ- संस्थाहरु हामीले यस्तो गर्यो उस्तो गर्यो भन्ने गरेको सबैले सुन्ने गरेका छौ। तर बालश्रम भने जस्ताको त्यस्तै रहेको देखिन्छ। पिडित बालबालिकाको पहिचान गरि उद्दार गर्न सरोकालवालाहरुको ध्यान जान जरुरी देखिन्छ ।