काठमाडौँ। एक दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौं बबरमहल निवासी सरस्वती प्रधान थुनामुक्त भएकी छिन् । उनी बुधबार दिउँसो थुनामुक्त भएकी हुन् ।
उनको रिहाई माग गर्दै बुधबार नेवार समुदायले काठमाडौंमा बबरमहलमा प्रदर्शन समेत गरेको थियो ।उनीविरुद्ध २४ वर्षीया पत्रकार रुपमा सुनारले प्रहरीमा उजुरी दिएकी थिइन्। उनको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट गएको प्रहरीले उनलाई असार ६ गते पक्राउ गरेको थियो।