-सुमन सुस्केरा, विराटनगर
विराटनगर महानगरपालिकाले आगामी आर्थिक २०७८/७९ का लागि ४ अर्ब १० करोड ३ लाख २८ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेश १ को एकमात्र महानगरपालिकाको यो बजेटले प्रदेश राजधानीको अवस्थालाई झल्काएको छ । कार्याालय संचालन तथा प्रशासनिक खर्चमा ४६ करोड ७० लाख ५२ हजार ९२५ तथा पुँजीगत तर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार १५ रुपैयाँ हुने अनुमान प्रस्तुत गरेको हो ।
पुँजिगततर्फ पूर्वाधार क्षेत्रमा २ अर्ब ४ करोड ३९ लाख ३४ हजार ४८ रुपैयाँ, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सामाजिक विकास क्षेत्रमा १ अर्ब २६ करोड ६९ लाख १ हजार १७ रुपैयाँ विनियोजन गरिएको छ । सुशासन तथा अन्तर सम्बन्धित (वन तथा वातावरण विपद् व्यवस्थापनमा समेत) ९ करोड ३७ लाख ५० हजार छुट्याइएको विराटनगर महानगरपालिकाकी उपप्रमुख ईन्दीरा कार्कीले जानकारी दिइन् ।
वडास्तरीय योजनाका लागि २६ करोड ७८ लाख ५ हजार, नगरस्तरीय गौरबको आयोजना प्रमुख प्रशासनिक भवनको लागि १७ करोड ३८ लाख, वीरेन्द्र सभागृह निर्माणको लागि १९ करोड ५० लाख, ल्याण्डफिल्ड साईड जग्गा खरिदको लागि १० करोड, अन्तर्राष्ट्रिय सभाहल जग्गा खरिदका लागि ५ करोड, विराट राजाको दरबारका लागि ५ करोड, हिमालय रोडलाई २ करोड, महानगर आवास योजना ९० लाख बजेट विनियोजना गरिएको छ । फोहोर पानी प्रशोधन केन्द्रलाई २ करोड, ४ वटा फ्लाई ओभरर गेटका लागि २ करोड ४५ लाख, प्रधानमन्त्री पार्कका लागि ५ करोड, सन्ध्याकालीन आरती निर्माणका लागि २ करोड, अन्य नगरस्तरीय कार्यक्रमको लागि ४० करोड विनियोजन भएको उल्लेख गरिएको छ ।
चालू आर्थिक वर्षको कार्यक्रमको निरन्तरताको रुपमा अनुसूची ‘ख’ मा उल्लेख भएका योजना भनेर वडास्तरीय योजनाका लागि १५ करोड छुट्याइएको छ । समपूरक कोषको २० करोड १९ लाख २८ हजार क्रमागत योजनाको भुक्तानीका लागि २५ करोड ३५ लाख ४७ हजार, शिक्षातर्फ ५५ करोड ७७ लाख छुट्याइएको छ । युवा तथा खेलकुदमा १ करोड ६१ लाख, स्वास्थ्य क्षेत्रको लागि १८ करोड १ लाख २८ हजार र विपद् व्यवस्थापन र नियन्त्रणतर्फ ३ करोड विनियोजन गरिएको उपप्रमुख कार्कीले उल्लेख गरेकी छिन् ।
३२ प्रतिशत राजश्व संकलन
विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्ष २०७७/७८को बजेटमा उल्लेख भए अनुसार आन्तरिम आय पुर्याउन सकस पर्ने देखिएको छ ।
चालू आर्थिक बर्षको १० महिनाको समीक्षा गर्दै विराटनगर महानगरपालिकाले प्रस्तुत गरेको आन्तरिक आयतर्फ ९५ करोड ७५ लाख ५४ हजार ८ सय ५१ रुपैयाँको अनुमान गरेकोमा सो अबधिमा ३१ करोड ३८ लाख ७ हजार ४ सय १० रुपैयाँ मात्र संकलन भएको छ । लक्ष्य गरिएको रकमको ३२ प्रतिशत मात्र आन्तरिक आय राजश्व संकलन भएको छ ।
आर्थिक वर्ष सकिनै लाग्दा आन्तरिक आम्दानी बढ्ने दाबी गरेको महानगरपालिकाले आन्तरिक आयको लक्ष्य भेट्टाउन सक्ने आधार नभएको बिराटनगर महानगरपालिकाका वडा अध्यक्षहरुले बताउँदै आएका छन् । राजश्व बाँडफाँटतर्फ ८८ करोड १९ लाख ८ हजार ११५ रुपैयाँ अनुमान गरिएकोमा ४० करोड १ लाख ९६ हजार १३३ रुपैयाँ प्राप्त भएको बिराटनर महानगरपालिकाले जनाएको छ।
बुढिगंगाको बजेट ५६ करोड
उद्योग भन्दा भएको गाउँपालिका बुढिगंगाले आगामी आर्थिक बर्षको लागि ५६ करोड ३२ लाख १९ हजार ४८० रुपैयाँको आयको अनुमान प्रस्तुत गरेको छ ।
पालिकाले प्रस्तुत गरेको आन्तरिक आम्दानीमा ५ करोड, मालपोट रजिष्ट्रेसन २ करोड, संघीय सरकार समानिकरण अनुदान १४ करोड ५९ लाख, सःसर्त अनुदान चालूतर्फ १९ करोड ८७ लाख हुने अनुमान गरेको छ । त्यस्तै समपूरक अनुदानमा ४३ लाख, सःसर्त अनुदान पुँजीगत तर्फ ४ करोड १३ लाख, राजश्व बाँडफाँडमा ७ करोड ७६ लाख ८१ हजार प्रदेश सरकारको समानिकरण अनुदान ८५ लाख ९७ हजार रहेको गाउँपालिकाले जनाएको छ । त्यस्तै सःसर्त अनुदानमा १९ लाख ४३ हजार, समपुरक अनुदान १ करोड र राजश्व बाँडफाँटबाट ४७ लाख ९८ हजार ४८० आय हुने अनुमान पालिकाको छ ।















































