ईसाझा न्यूज । तौलिहवा
कपिलबस्तुको नवौ नगरसभाको दोस्रो बैठकबाट नगरपालिकाको उत्कृष्ट कर्मचारीको रुपमा लेखा अधिकृत बलराम न्यौपाने पुरस्कार सहित सम्मानित भएका छन् ।
लेखा अधिकृत न्यौपानेले सामग्र नगरपालिकाको विकास निर्माणको क्षेत्रमा उत्कृष्ट कार्य गरे बापत पुरस्कार सहित सम्मान गरिएको हो ।